सिटोङ -३ ग्रामपञ्च्यात स्थित नस्पति गाउँमा अवस्थित रेशम कीरा पालन फार्ममा किम्बुको खेती गरिन्छ । गत १९७९ सालमा यहाँ किम्बु खेतीलाई प्रमुखता दिनहेतु कालिम्पोङ रेशम उद्योग विभाग अधिनस्थ यता सिटोङमा पनि डेमोस्ट्रेसन फार्म शुरु गरिएको थियोे । किम्बु खेतीको निम्ति यहाँको हावापानी अनुकुल रहेको छ । वीचमा धेरै वर्ष अचल रहेपछि वर्तमान पुनः यसको विभागीय निगरानीमा रेशम उत्पादन व्यवस्थितरुपमा चलिरहेको छ । यहाँ किम्बुमा बाहेक कुटमेरो र काउलोको रुखमा पनि मुगाको पालन गरिन्छ । यसको खेती अन्य फसलहरुभन्दा सजिलो र दीर्घमियादी हुने गर्छ भने यसबाट आम्दामी पनि राम्रो हुने जानकारी फार्मका अस्थायी कर्मचारी सोनाम लेप्चाले गराएका छन्।
