देवीडाङ्गा बाबुवासामा ११जनजाति महासंघको सिलगढी समिति गठन

Share this news

ईश्वरी शर्माको अदक्ष्यतामा जनजाति कार्यालयमा, राष्ट्रिय अदक्ष्य कन्चन गुरूङ्ग, बीएस राणा, एमपी गुरूङ्ग, अवकाशप्राप्त न्यायाधीश अरून कुमार राई लगायत विभिन्न पदाधिकारीहरूको साथमा युवा, युवती, आमा, दिदीबहिनीहरूको उपस्थितिमा एक जरुरी सभा सम्पन्न गरियो। उक्त सभाले बिगत ६, महिना अघि गठन गरिएको सिलगडी महकुमा समितिलाई अस्थायी रूपमा गठित गरिएको हुनाले यो सभाले यसलाई बिगठन गरियो। यसै सभाले नयाँ र पुरानो पदाधिकारीहरूलाई लिएर पूर्ण रूपमा सिलगडी महकुमा समिति स्थाई रूपमा गठन भएको कन्चन गुरूङ्गले घोषणा गरे। यो समितिका सभापति:प्रदिप छेत्री,उपसभापति सागर छेत्री, सहदेउ छेत्री, सचिव मनोज गुरूङ्ग, सहसचिव: सालु गुरूङ्ग, मुख्य सल्लाहकार ईश्वरी शर्मा लगायत विभिन्न पदाधिकारीहरूलाई चयन गरियो। बक्तब्यको क्रममा सबैले बीजेपी सरकारले गोर्खाको खास मुद्दा ११ जनजाति किन दिन नसकेको ? भन्ने प्रश्न राखे। कि त सरकार झुटो हो, वा हामीले भोट दिएर पठाएको सांसद नै झुटो हुन् भन्ने प्रश्न पनि गरे।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान