विगत केही दिन अघिमात्र दार्जीलिङको मुटु मानिने चौरस्ता परिसरको ओपन थिएटरको शिलालेख तथा मार्बल पट्टिका उख्लिएको वा उखालिएको हो भन्दै गोर्खा जनमुक्ति युवा मोर्चाको तर्फबाट जीटीए प्रमुख, दार्जीलिङ नगरपालिका, अनि पर्यटन बिभाग जीटीए लाई प्रश्न गर्दै प्रतिउत्तर मागेको थियो। पत्रचार गरेको दुई तीन दिन भित्रमा नै उक्त शिलालेख जस्ताको तेस्तै फेरि जडान गरिएको कार्यको सराहना गर्दै गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिको तर्फबाट जीटीए पर्यटन विभाग अनि विभागीय सभासद नोर्देन शेर्पाप्रति आभार व्यक्त गरिएको छ।
