गुरुङ जातिले जनजातिको मान्यता नपाएसम्म एकमुष्ट भएर संघर्ष जारी राखिने

Share this news

खरसाङ, (निसं): गुरुङ जातिले जनजातिको दर्जा प्राप्त नगरेसम्म अखिल भारतीय गुरुङ तमु बौद्ध संगठनले कार्य गरिरहने र यसको निम्ति गुरुङहरू एकमुष्ट रहनु पर्ने संगठनका केन्द्रीय समिति अध्यक्ष आनन्द तमुले बताएका छन्‌‍। तिनले अखिल भारतीय गुरुङ तमु बौद्ध संगठनको माध्यमबाट गुरुङहरूले दीर्घ दिनदेखि संघर्ष गर्दै आएको भए तापनि अहिलेसम्म जनजातिको दर्जा प्राप्त गर्न नसकेकोमा खेद प्रकट गरे। तथापि तिनले यो संघर्ष आगामी दिनमा पनि जारी रहने बताउदै सबै यसको निम्ति अघि आउन पर्ने बताए। तिनले हालैमा डुवर्सको दलगाउँमा सम्पन्न भएको संगठनको त्रैमासिक सभामा यस्तै निर्णय गरिएको पनि जनाएका छन्‌‍। दिनले दिएका जानकारी अनुसार संगठनका त्रेमासिक सभामा तिनकै अध्यक्षतामा दलगाउँको सार्वजनिक भवनमा सम्पन्न भयो। संगठनका उपसभापति विजय गुरुङ, केन्द्रीय समिति महासचिव कलावती गुरुङ, कालेबुङ जिल्ला समितिका सभापति केशव गुरुङ, मूलसचिव भीम गुरुङ, खरसाङ महकुमा सभापति खुश बहादुर गुरुङ, कार्यकारिणी समिति सदस्य उत्तम गुरुङ, रतन गुरुङ, केन्द्रीय समिति प्रचार सचिव अजय गुरुङ, डुवर्सको महकुमा समितिका प्रचार प्रसार सचिव मिलन गुरुङ, चारखोल गुम्बाका सभापति रेकमान गुरुङ, गुम्बा सञ्चालन समितिका सचिव दिपेन गुरुङ, माङ्पङ शाखाका सभापति चन्द्रप्रकाश गुरुङ, केन्द्रीय समितिका सदस्यहरू, रोङ्गो, दलगाउँ-45, झोलुङ, गैरीबासका प्रतिनिधिहरू उक्त सभामा उपस्थित थिए। दलगाउँ शाखाका सचिव शेरशाह गुरुङले स्वागत भाषण राखेका उक्त सभामा केन्द्रीय समिति महासचिव कलावती गुरुङले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै गुरुङ समुदायले कसरी ओबीसी प्रमाण पत्र प्राप्त गर्ने भन्ने विषयमा विस्तार पूर्वक जानकारी गराएकी थिए। कालेबुङ जिल्ला समितिका मूल सचिव भीम गुरुङले गुरुङ समुदायको संस्कृति-संस्कारको बारेमा वक्तव्य राखेका थिए। चारखोल गुम्बाका रेकमान गुरुङले गुरुङ गुम्बाहरूको संरक्षण र सम्बर्द्धन गर्न आवश्यक रहेको सभामा बताएका थिए। तिनले आगामी गुरुङ अधिवेशनको औचित्यबारे पनि सभामा प्रकाश पारेका थिए। गुरुङ भाषा विद उमा गुरुङले गुरुङ भाषालाई कसरी जीवित राख्न सकिन्छ भन्ने बारेमा बताएकी थिइन्‌‍। खरसाङ महकुमा समितिका सभापति केबी गुरुङ, सिलगुडी महकुमा समितिका सचिव सुमेस गुरुङ, डुवर्सका मिलन गुरुङ, गोरुबथानका प्रमेश गुरुङले आ-आफ्नो प्रतिवेदन पेश गरेका थिए। रोङ्गो शाखाका सचिव जय कुमार गुरुङले सभाको सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ