खुल्ला रुपमा भन्छु, म बंगाल सरकारसँग मिलेर नै काम गर्छु -अनित थापा

Share this news

सोनादा, (निसं): रङ्गबुल धोतरिया जोनको धोतरिया कलेजभेल्ली गाउँहरुबाट इण्डियन गोर्खा जनशक्ति फ्रण्ट अनि अन्य दलहरुबाट भागोप्रमोमा सामेल भएका 1 सय 80 घरलाई पार्टीमा स्वागत गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय पार्टी अध्यक्ष अनित थापाले भने, “पार्टीमा सामेल भएपछि पार्टीको काम गर्नुपर्छ, सुतेर चाँहि हुँदैन। पार्टीमा आउनु सजिलो छ तर काम गर्नु गाह्रो छ।“ थापाले 2017 अघिको राजनीति अनि आजको राजनीतिमा फरक आएको छ भन्दै भने, “पहाड़लाई शान्तिको मार्गमा लैजाने मेरो राजनैतिक यात्रा सजिलो यात्रा थिएन। हिजोको दिनमा कराउनु, उफ्रिनु, डढाँउनुलाई राजनीति भन्थ्यो। आज त्यसरी राजनीति गर्नु मिल्दैन। आज दोषारोपणको राजनीति काम लाग्दैन। कामको राजनीति, उपलब्धिको राजनीति मात्र जनताले देख्छ। राजनीतिमा धैर्य चाहिन्छ अनि नेतृत्वमाथि विश्वास राख्नुपर्छ।“ उनले अझ भने, “पहाडमा हामी राजनैतिक शिकार बन्दैछौँ। हामी राजनैतिक रूपमा सचेत छैनौँ। तृणमूलसँगको हाम्रो राजनैतिक समीकरणको नकरात्मक न्यारेटिभले अन्य पार्टीले फाइदा लिन्छ। सांसदको चुनावमा ममता ब्यानर्जीलाई हराउनु काम नै नगरेको भारतीय जनता पार्टीलाई जितायो, हामीलाई हरायो। नोक्सान गोर्खालाई नै भएको छ। शिकार दार्जीलिङ पहाडको गोर्खा नै भएको छ।“ थापाले कसैको नाम नलिई, कटाक्ष गर्दै भने, “हामीले राजनैतिक उटपट्याङ कुरा सुन्नु हुँदैन। उनीहरुको राजनैतिक लक्ष्य, भिजन, रणनीति भनेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीलाई हराउनु मात्र रहेछ। म हार-जीतको लडाइँमा निस्केको होइन। सभ्य समाज, सभ्य सोच, सभ्य परिवेश सृजना गर्ने हाम्रो राजनीति हो। मलाई चुनाव जित्दा कुर्सीको याद आउँदैन। म राज्य सरकारसँग मिलेर काम गर्ने नेता हुँ। मलाई मान्छेले भोट नदेला, बंगाल सरकारसँग मिल्यो भन्दा तर बंगाल सरकारसँग मिलेर काम गरेनौंँ भने यहाँको विकास कहाँबाट हुन्छ त्यसैले म खुल्लम खुल्ला भन्छु म पहाड़को समृद्धि, विकास अनि शान्तिको निम्ति बंगाल सरकारसँग मिलेर नै काम गर्छु। आफ्नो खुट्टामा उभिने राजनीति हो मेरो।“ विचारको परिवर्तनले नै सही परिवर्तन ल्याउँछ भन्दै उनले थप भने, “हाम्रो घरहरूमा शुभ लाभदेखि तपाईं सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ सम्म आइपुगेको परिवर्तन सकारात्मक परिवर्तन होइन। वैचारिक परिवर्तन नै सही परिवर्तन हो। आफ्नो गाउँ आफै बनाउनुपर्छ। सङ्घर्षलाई आफ्नो सिद्धान्त मान्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सदैव गाउँ निर्माणमा सहयोग गर्नेछ।“

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ