नवनिर्मित चुङथुङ लिजाहिल ग्राम पञ्चायत भवनको उद्घाटन

Share this news

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको बिजनबारी अभियान्त्रिक विभाग अधिनस्थ अनित थापा प्रमुख कार्यपाल गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको विशेष पहलमा नवनिर्मित चुङथुङ लिजाहिल ग्राम पञ्चायतका मर्मत्ति अनि भवन निर्माण कार्य श्रीमान सन्दीप छेत्री, माननीय सभासद चुङथुङ मेरीबोङ तामसाङ समष्टि, जीटीएको करकमलबाट श्रीमती अनिता तामाङ माननीय प्रधान चुङथुङ ग्राम पञ्चायत एवम् माननीय कर्माध्यक्ष अरुण छेत्रीको उपस्थितिमा विधिवत् उद्घाटन सोमबार गरियो। यस कार्यक्रम सभासद सन्दिप क्षेत्रीले विगतमा पञ्चायत कार्यलय, ब्लक अफिस जलाउने भत्काउने कार्य भयो तर हाम्रो समयमा हामीले बनाउने, सच्याउने अनि सजाउने काम गरिरहेका छौं, मेरीबोङ लिङ्गीया ग्राम पञ्चायत कार्यालय, परमागुडी तामसाङ ग्राम पञ्चायत कार्यलयको निर्माण अनि मर्मति कार्य भइसकेको आजको कार्यक्रममा सभासद सन्दिप क्षेत्रीले जानकारी गराउँदै जीटीए प्रमूख कार्यपाल अनित थापाज्यूप्रति आभार व्यक्त गरे। ठेकेदार मनोज मुखियाद्वारा निर्माण गरिएको यस कार्यमा, कार्यक्रम सञ्चालन नरेन गुरुङले गरेका थिए भने स्वागत भाषण सूमेन्द्र राईले गरे। ग्राम पञ्चायत उपप्रधान विनोद सुब्बा, वार्ड सदस्यहरु सुन्दर राई, ज्योति तामाङ, चुमिला लेप्चा, विशाल दर्नाल, समिति सदस्य सन्ध्या शर्मा, राजु गुरुङ, कृष्णा तामाङ, सूरज तामाङ आदिको प्रमुख उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान