big achievement

डीएचआइएम इञ्जिनियरिङ कलेज जीटीएको निम्ति ठूलो उपलब्धि

Share this news

हालै उद्घाटन गरिएको तकदाहको डीएचआइएम इञ्जिनियरिङ कलेज सम्पूर्ण जीटीए क्षेत्रको निम्ति ठूलो उपलब्धि रहेको जीटीएको महिला तथा शिशु विकास विभागकी भारप्राप्त कार्यकारि सभासद कल्पना प्रधानले जनाएकी छन्। तिनले यसको निम्ति जीटीए प्रमुख अनित थापा अनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट पनि गरेकी छन्। प्रधानले जीटीए प्रमुख अनित थापाको असल सोच अनि कुशल नेतृत्वले गर्दा आज पहाडमा यस प्रकारको विकासहरू भइरहेको जनाइन्। आज पहाड शान्ति छ र नै यस प्रकारको विकास भइरहेको छ भन्दै तिनले शिक्षा, स्वस्थ्य आदि जस्ता क्षेत्रहरूको उन्नतिलाई लिएर जीटीए प्रमुख अत्यन्तै चिन्तित रहने गरेको पनि उल्लेख गरेकी छन्। प्रधानले पहाडमा अब यस्ता कलेज तथा महाविद्यालयहरू स्थापित भएकोले हाम्रा स्थानीय विद्यार्थीहरू धेरै पैसा खर्च गरेर बाहिर पढ्न जान नपर्ने बताउँदै तर यस्ता कलेज तथा महाविद्यालयहरूतिर भर्ना पाउन उनीहरूले पनि मेहनत गरेर पढ्नुपर्छ भनी आग्रह गरेकी छन्। तिनले यस वर्ष चिया श्रमिकहरूको बोनसको दर पनि बीस प्रतिशत गराउन जीटीए प्रमुख सक्षम भएको जनाउँदै यसको निम्ति पनि तिनले राज्यको श्रम मन्त्रालय अनि जीटीए प्रमुखलाई सम्पूर्ण चिया श्रमिकहरूको पक्षबाट धन्यवाद दिएकी छन्। तिनले उनीहरूको यो सहयोगको निम्ति सबै श्रमिकहरूले पनि धन्यवाद दिनुपर्छ भनी बताएकी छन्।


Share this news
आजको रोजाइ
पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

आजको रोजाइ