नेसाअ समितिद्वारा भाषा मान्यता स्मृति दिवस

Share this news

नेपाली साहित्य अध्ययन समिति, कालेबुङद्वारा शनिबार भाषा मान्यता स्मृति दिवस विविध कार्यक्रमको साथमा आयोजना गरिएको थियो। समितिका अध्यक्ष जोक चामलिङद्वारा अध्यक्षता गरिएको अनि रामाकृष्ण रङ्गम़ञ्चमा आयोजित कार्यक्रममा गोर्खाल्यान्ड राज्य आन्दोलनका एक सक्रिय सचेतक र अधिवक्ता प्रभाकर देवान प्रमुख अतिथिको रुपमा उपस्थित थिए। यसरी नै विशिष्ट अतिथि सभासद हेमन्त राई, हरिश मोक्तान अल्लारे, फानुस सादा लेप्चा, तारा लोहार लेप्चा, जैन लेप्चा अनि अन्यान्य थिए। यसैक्रममा चुढामणि दाहालको चर्चा परिचर्चा नामक कृतिको विमोचन पनि गरियो। क्रमशः लेखक र चलचित्र निर्देशक अरूण रसाइलीलाई सम्बर्द्धना गरियो। यसैक्रममा 2 MB टोलीको नाटक “भीरको चिन्डो”को प्रदर्शन गरिएको थियोे। समितिका सचिव बलभद्र शर्माले भाषामाथि बोल्दै स्वागत भाषण प्रस्तुत गरेको कार्यक्रममा सामाजिक सञ्जालको फाइदा विषयमा तर्क प्रतियोगिता राखिएको थियो। क्लुनी कलेज पक्षमा र कालेबुङ कलेज विपक्षमा थियो। जसमा क्लुनी कलेज विजयी भएको थियो। प्रतियोगिताको अध्यक्षता जेबी राईले गरेका थिए। जीवन लेप्चा, दावा घिसिङ, रत्न कुमार फुयेल, स्वर्णिम धमा लामा, अञ्जु छेत्री निर्णायक रहेको प्रतियोगितामा टाइमकीपर प्रा. नवीन पौडेल रहेको जानकारी चन्द्रकला राईले दिएकी छिन्।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री