Recognition Commemoration Day
Recognition Commemoration Day

नेसाअ समितिद्वारा भाषा मान्यता स्मृति दिवस

Share this news

नेपाली साहित्य अध्ययन समिति, कालेबुङद्वारा शनिबार भाषा मान्यता स्मृति दिवस विविध कार्यक्रमको साथमा आयोजना गरिएको थियो। समितिका अध्यक्ष जोक चामलिङद्वारा अध्यक्षता गरिएको अनि रामाकृष्ण रङ्गम़ञ्चमा आयोजित कार्यक्रममा गोर्खाल्यान्ड राज्य आन्दोलनका एक सक्रिय सचेतक र अधिवक्ता प्रभाकर देवान प्रमुख अतिथिको रुपमा उपस्थित थिए। यसरी नै विशिष्ट अतिथि सभासद हेमन्त राई, हरिश मोक्तान अल्लारे, फानुस सादा लेप्चा, तारा लोहार लेप्चा, जैन लेप्चा अनि अन्यान्य थिए। यसैक्रममा चुढामणि दाहालको चर्चा परिचर्चा नामक कृतिको विमोचन पनि गरियो। क्रमशः लेखक र चलचित्र निर्देशक अरूण रसाइलीलाई सम्बर्द्धना गरियो। यसैक्रममा 2 MB टोलीको नाटक “भीरको चिन्डो”को प्रदर्शन गरिएको थियोे। समितिका सचिव बलभद्र शर्माले भाषामाथि बोल्दै स्वागत भाषण प्रस्तुत गरेको कार्यक्रममा सामाजिक सञ्जालको फाइदा विषयमा तर्क प्रतियोगिता राखिएको थियो। क्लुनी कलेज पक्षमा र कालेबुङ कलेज विपक्षमा थियो। जसमा क्लुनी कलेज विजयी भएको थियो। प्रतियोगिताको अध्यक्षता जेबी राईले गरेका थिए। जीवन लेप्चा, दावा घिसिङ, रत्न कुमार फुयेल, स्वर्णिम धमा लामा, अञ्जु छेत्री निर्णायक रहेको प्रतियोगितामा टाइमकीपर प्रा. नवीन पौडेल रहेको जानकारी चन्द्रकला राईले दिएकी छिन्।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ