महान् हकी खेलाडी मेजर ध्यान चन्दको सम्झनामा मनाइने राष्ट्रिय खेलकूद दिवस २०२५ को अवसरमा सिक्किमको तिमी इभेन्टसाइड मैदानमा म्याराथन फाइनल प्रतियोगिताको आयोजना गरिएको थियो। जसमा पुरुष विधाका विजेताहरु पहिलो स्थानमा – ब्रह्मलाल, दोस्रो स्थानमा – मनोज विश्वकर्मा र तेस्रो स्थानमा – विकास भुजेल रहेका थिए। यसै गरी महिला विधाका विजेताहरु पहिलो स्थान – प्रिया क्षेत्री, दोस्रो स्थान – प्रिया तामाङ र तेस्रो स्थान – बन्दना सुब्बाले प्राप्त गरिन्।
