सेवोक १० माइल अपहरण काण्ड विषय आज भारतीय जनता पार्टी जिल्ला समितिको एक टोली दार्जीलिङ पुलिस अधीक्षकलाई विशेष अनुसन्धान टोली गठनको निम्ति ज्ञापनपत्र बुझायो।
नानी अपहरण भएको ६ दिन बितिसक्दा पनि पुलिस प्रशासनको बाट कुनै ठोस कार्य नभएको कारण यस्तो हेलचक्राई र अनुसन्धन गर्नमा ढिलाइ गरेकोमा प्रसासनलाई दबाब दिई यथाशीघ्र अपहृत इशान गुरूङलाई खोजिनिकाल्नु पर्ने माग राखे। टोलीमा भाजपा अध्यक्ष सन्जीव लामा, महासचिव सुजेन्द्र राई, महिला मोर्चा अध्यक्ष चन्द्रकला राई, रेश्मा गुरुङ, युवा मोर्चा अध्यक्ष नीरज राई, उपाध्यक्ष सुपेन्द्र प्रधान, सवन राई, अगम प्रधान, सनन्द छेत्री, साकाल देवान लगायतलाई पार्टी कार्यकर्ताहरु उपस्थित थिए।
