आगामी ३१ अगस्ट आइतबार, जुनु गौतमको दुइवटा गीत र भजनको लोकार्पण हुने भएको छ। पीटी यल्मोको शब्द र सङ्गीतमा निर्मित गीतको संयोजन जीवन प्रकाश प्रधानको रहेको छ। सालबारीको प्रज्ञा भवनमा दिउँसो ३ बजे आयोजित समारोहमा सबैलाई उपस्थित रही लोकार्पणको साक्षी बनिदिने अनुरोध समारोह आयोजक स्वराञ्जली म्युजिक एकेडेमीद्वारा गरिएको छ।
