सांसद राजु बिष्टको वक्तव्य गोर्खा जनमुक्ति मोर्चाको राजनैतिक अभ्यासलाई लिएर गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका सञ्योजकले आपत्तिसँगै प्रश्न अनि सुझाव राखेका छन्।
संसद सत्र सकि सकेपछि एक महिनाभित्र हाम्रो राजनैतिक सुरक्षा अनि राष्ट्रीय पहिचानको समस्या कसरी समाधान हुन्छ ? के यो आश्वासन चुनाउको लागी हो ? सासंद राजु बिष्टलाई उनले प्रश्न राखेका छन् ?
यता गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले पनि भाषणमा गोर्खाल्याण्ड भने पनि भित्र भित्रै अर्कै अभ्यास गरि रहेकोमा आपत्ति जनाएका छन्। उनले गोर्खा जनमुक्ति मोर्चाका सक्षम युवाहरुलाई जातीय उत्थानको निम्ति काममा लगाए सबैको भलो हुने सुझाव राखेका छन्।