भागोपले असमलाई कठिन समयमा साथ दिएको छ : शान्ति राई

Share this news

विशिष्ट शिक्षाविद श्रीमती शान्ति राईले एनआरसी, डि-भोटर अनि आधार प्रमाणीकरणका संवेदनशील मुद्दाहरूमा परिसंघको बौद्धिक हस्तक्षेपको प्रशंसा गर्दै “गोलाघाट गोर्खा गौरव सम्मान २०२५” ग्रहण गरेको जनाइन्। सरुपथार, गोलाघाट : “एनआरसी अद्यावधिक प्रक्रियामा भारतीय गोर्खा परिसंघको भूमिका असमका गोर्खाहरूका लागि नम्र साथै प्रभावकारी उदाहरण हो, जसले मौन तर बौद्धिक हस्तक्षेपद्वारा सुनिश्चित गर्यो कि कुनै पनि रैथाने गोर्खाहरू एनआरसीबाट बाहिर नहोस,” श्रीमती शान्ति राईले, गोलाघाट गोर्खा गौरव सम्मान २०२५ प्राप्त गरे पश्चात यी कुरा भनिन्। उनी सम्मान स्वीकारेको विषय मा भन्नुहुन्छ “यो सम्मान मैले मेरो दिवंगत पति श्रीमान शिवाजी राई, जो बोलोसिङ मेमोरियल स्कूल (BMS) का संस्थापक प्रधानाध्यापक र गोलाघाटमा अखिल भारतीय गोर्खा लिगका संस्थापक सदस्य साथै यसक्षेत्रका शिक्षाविद र समाज सेवक उहाँकै योगदानलाई समर्पित गर्दै ग्रहण गरें।” आभार व्यक्त गर्दै उनले भनिन्, “यो सम्मान प्रदान गर्नुहुने सम्मान छनोट समिति, गोलाघाट जिल्ला परिसंघका अध्यक्ष ज्ञनिन्द्र छेत्री, कार्यकारी अध्यक्ष गणेशकुमार गिरी, मूलसचिव रुप नारायण राई, जिल्ला पर्यवेक्षक धनप्रसाद लिम्बू र राज्य महासचिव नन्द किराती देवान जो मेरा विद्यार्थी हो सबैलाई धन्यवाद ज्ञापन गर्दछु।” स्वास्थ्यगत कारण र डिब्रुगढस्थित असम मेडिकल कलेजमा उपचाररत भएकाले श्रीमती राईले कार्यक्रममा व्यक्तिगत उपस्थिति जनाउन सकिनन्। “म मेरो अनुपस्थितिका लागि क्षमा चाहन्छु” भन्दै मेरी जेठी बुहारी मायाले मेरो तर्फबाट सम्मान ग्रहण गरेको जानकारी गराइन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान