गाड़ीधुरा नवदीप परिवारको आयोजनामा बलिदान दिवस पालन

Share this news

गाड़ीधुरा, (निसं): खरसाङ खण्डको गाडीधुरामा सोमवार 81औँ बलिदान दिवस भव्य रूपमा पालन गरियो। कार्यक्रमको अघिल्लो चरणमा बिहान यहाँको शहीद दुर्गा मल्लको सालिकमा श्रद्धाञ्जली अर्पण गर्दै धूप-दीप प्रज्वलन साथै फूलमाला अर्पण गरियो। त्यसपछि दोस्रो चरणको कार्यक्रममा यहाँ रक्तदान शिविरको आयोजना गरिएको थियो, जहाँ धेरै जना महिला पुरुषहरूले स्वेच्छा पूर्वक रक्तदान गरे। त्यसपछि यहाँको सार्वजनिक भवनमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो। मुख्य रूपले त्यस कार्यक्रममा “म कवि, शब्दको द्वन्द्व“ शीर्षकमा आधारित खुल्ला स्वरचित कविता वाचन प्रतियोगिताको फाइनल राउण्ड सम्पन्न गरियो। अघिल्लो छनोट राउण्डबाट छानिएका 6 जना प्रतियोगीहरू क्रमैले प्रेरणा दियाली, प्रार्थना यादव, मान्ती सुनार, ममता सुब्बा, इच्छा घतानी अनि अक्षता पाख्रीन थिए। जसबाट प्रथम इच्छा घतानी भइन्‌‍ भने दोस्रो ममता सुब्बा अनि तेस्रो प्रेरणा दियाली भइन्‌‍। तिनीहरूलाई आर्कषक ट्रफी सहित नगद पुरस्कार कार्यक्रमका मुख्य एवम्‌‍ प्रमुख अतिथिहरूको बाहुलीबाट प्रदान गरियो भने अन्य सबै प्रतियोगीहरूलाई पनि स्मृति चिन्ह प्रदान गरियो। यस प्रतियोगिताको निर्णायकहरूमा साहित्यकारहरू सुदर्शन अम्बटे, आशा मुखिया लामा, डा कमला तामाङ अनि सुवास छेत्री “भावुक“ थिए। चारजना निर्णायकहरूलाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मानित गरियो। यसै अवसरमा गाड़ीधुरा नवदीप परिवार भिम लकान्द्री स्मृति पुरस्कार जीटीए सूचना एवम्‌‍ सांस्कृतिक विभागका कार्यकारि सभासद अनोश थापालाई प्रदान गरियो भने यस क्षेत्रमा प्रथम शिक्षाको खेती शुरू गर्ने वरिष्ठ शिक्षक जेबी छेत्रीलाई पनि सम्मानित गरियो। तिनीहरूलाई खदा लगाएर, शीर शोभा अनि शाल ओडाएर तथा सम्बर्द्धना पत्र अनि स्मृति चिन्ह प्रदान गरेर सम्मानित गरियो। तिनीहरूलाई प्रदान गरियो सम्बर्द्धना पत्र संस्थाका मूल सचिव रोशन विश्वकर्मा अनि कोषाध्यक्ष सुवास छेत्रीले पठन गरेका थिए। अनुप रामुदामुले सञ्चालन गरेको समारोहमा मुख्य अतिथिको रूपमा क्षेत्रिय कार्यकारि सभासद्‌‍ कल्पना प्रधान थिइन्‌‍ भने विशिष्ट अतिथिहरूमा जीटीएका कार्यकारि सभासदहरू श्याम शेर्पा, नुरी शेर्पा, अरूण सिग्जी, नवराज छेत्री, खरसाङ पञ्चायत समिति अध्यक्ष अनु प्रधान छेत्री, भागोप्रमो युवा शक्ति केन्द्रिय उपाध्यक्ष अनुप गदाल, सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, उपप्रधान सन्तोष तामाङ लगायत विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू, विद्यालयका शिक्षक-शिक्षिकाहरू तथा स्थानीय वरिष्ठ नागरिकहरू उपस्थित थिए। आफ्नो सम्बोधनमा अनोश थापाले आफूलाई यसरी सम्मानित गरिएकोमा आभार व्यक्त गर्दै गाडीधुरा नवदीप परिवारद्वारा गरिँदै गरेका कार्यहरूको प्रशंसा गरे। तिनले वर्तमान समयमा कविता मन पर्दैन, कविता बुझ्दिनँ भन्नेहरूका निम्ति यो कार्यक्रम एउटा सुन्दर उदाहरण हो भनी जनाए। मुख्य अतिथि कल्पना प्रधानले जातिको परिचय र अस्तित्वबारे कुरा गर्दै केन्द्र सरकारले आजसम्म गोर्खा जातिलाई न्याय नदिएकोमा दुःख व्यक्त गरिन्‌‍। तिनले आफ्नो हक र अधिकारको निम्ति कुनै लडाई गरेर। आन्दोलन गरेर होइन तर शैक्षिक, आर्थिक, बौद्धिक अनि शारीरिक रूपमा पनि सक्षम भएर अघि बढ्नुपर्ने जनाइन्‌‍। प्रधानले शैक्षिक उन्नतिको पनि जोड् दिँदै आफ्नो क्षेत्रको शिक्षालाई अझ सम्वृद्ध पार्न सबैले आफ्नो भूमिका निभाउने बताइन्‌‍। समारोहमा स्वागत सम्बोधन सञ्जोक रोकाले राखेका थिए भने बलिदान दिवसबारे कुनाल छेत्रीले आफ्नो भनाइ राखे। त्यसरीनै परिवारका सचिव रोशन विश्वकर्माले कार्यक्रमबारे अवगत गराए भने समारोहमा विकास घतानी, निरज रूम्बा, दिपेन रामुदामु, आनन्द विश्वकर्मा अनि सचिन विश्वकर्माले जातिय गीतहरू प्रस्तुत गरे। नवदीप परिवारका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथि कवि रचिता छेत्रीले कविता वाचन गरिन्‌‍। यस अवसरमा नवदीप परिवारको पक्षबाट आगामी वर्षहरूमा जीटीएले यस बलिदान दिवसलाई पनि आफ्नो कार्य सूचिमा समावेश गर्ने औ यस कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी गाडीधुरा नवदीप परिवारलाई दिइयोस्‌‍ भन्दै यसले अझ बलिदान दिवसको महत्व बढ़ेर जाने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ