बोनसको लागि अनित थापाप्रति आभार

Share this news

पश्चिम बंगाल सरकारको श्रम मन्त्रालयले दार्जिलिङ पहाड र तराईको चियाबारी श्रमिकहरुको लागि यसपाली बोनस बीस प्रतिशत गरेर दिनु पर्ने एडभाइजरी जारी गरेकोमा पहाडका विभिन्न चियाबारीहरुबाट धन्यवाद दिने कार्य गरिरहेका‌ छन्। यसै क्रममा तीनधारे महानदी समष्टिको गिताङ्गे, नरबुङ, सिपाहीधुरा र सिलिम हिल आदि चियाबारीहरुमा गेट मिटिङ गरेर जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिइएको छ। यस क्रममा तीनधारे महानदी समष्टिको गिताङ्गे चियाबारीको क्रेज हाउसमा एक गेट मिटिङ गरेर बीस प्रतिशत बोनसको मांगलाई सही तरिकाले श्रमिकहरुको पक्षमा लगिदिएको भन्दै जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।‌ उक्त गेट मिटिङ गिताङ्गे शाखाको सभापति पुरण छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ भने ट्रेड युनियन, नारी शक्ति र युवा शक्तिका प्रतिनिधिहरु र भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा उपस्थित रहेका थिए। यसै क्रममा नरबुङ चियाबारीमा युनिट कमिटीको सभापति विकास गुरुङको अध्यक्षतामा गेट मिटिङ सम्पन्न भएको थियो। यस गेट मिटिङमा नरबुङ बुथ कमिटीको सभापति प्रणय देवान, युनिट कमिटीको सचिव रोशन सुब्बा, शिवखोला ग्राम पञ्चायतको उप प्रधान अम्बिका देवान र ट्रेड युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा उपस्थित रहेका थिए। वक्ताहरुले गत वर्ष बोनसको लागि श्रमिकहरुले धेरै दुःख पाएकोले यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले बीस प्रतिशत बोनसको लागि पहल गरिदिएकोले धन्यवाद दिन्दै 20 बोनस दशैं अघि नै सठीक समयमा पायोस् भनी बताएका छन्। यसै क्रममा सिपाहीधुरा चियाबारीमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभापति र सचिव निर्मला प्रधान, सल्लाहकार मिलन प्रधान, शिवखोला ग्राम पञ्चायतको प्रधान मोहनकुमार प्रधान, पञ्चायत समिति सदस्या दिक्षा छेत्री उपस्थित रहेर गेट मिटिङ सम्पन्न भएको थियो। त्यसरी नै तीनधारे महानदी समष्टिको सिलिम हिलमा सभापति सकिला तामाङ, सचिव अमर तामाङ लगायत अन्यहरुको उपस्थितिमा गेट मिटिङ गरिएको थियो। तीनधारे महानदी समष्टिको विभिन्न चियाबारीहरुमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको आयोजना गेट मिटिङ गरेर जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ