Major Durga Malla's
Major Durga Malla's

स्वाधीनता संग्राममा मेजर दुर्गा मल्लको योगदान अतुल्य

Share this news

भारतीय गोर्खा परिसङ्घ, कालेबुङको तत्वावधानमा आजाद हिन्द फौजका प्रथम गोर्खा शहीद मेजर दुर्गा मल्लको 81औं बलिदान दिवस भव्यरुपमा पालन गरियो। गोर्खा दुःख निवारक सम्मेलनमा आयोजित समारोहको अध्यक्षता भागोप कालेबुङकी अध्यक्ष श्रीमती अनिता भूषालद्वारा गरिएको थियो। प्रमुख अतिथिका रुपमा नौसेनाका कमान्डेन्ट तथा कालेबुङ सैनिक बोर्डका सचिव दिलराम गुरूङ थिए। जसलाई पूर्व सैनिकहरूले स्कर्ट गरी समारोहसम्म लगिएको थियो। विशिष्ट अतिथिमा बीएड कलेजका पूर्व प्राचार्य मनिन्द्र भुजेल, भागोप कालेबुङका पूर्व अध्यक्ष जेबी राई, उदय कुमाई, अरूण कुमार रसाइलीलगायत पूर्व सैनिकहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम हुनभन्दा अघि बिहान यहाँको त्रिकोण पार्कमा रहेको शहीद वेदीमा मेजर दुर्गा मल्ललगायत गोर्खा शहीदहरू जङ्गबीर सापकोटा, दलबहादुर गिरी, रोशन राईलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।
त्यसपछि भवनको कार्यक्रममा स्वाधीनता संग्राममा गोर्खाहरूको योगदानमाथि निर्मित वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। यसरी नै स्वाधीनता संग्राममा गोर्खाहरूको योगदानमाथि प्रा. मनिन्द्र भुजेलद्वारा वक्तव्य प्रस्तुत गरिएको थियो। श्रीमती शीला थामीद्वारा सञ्चालित कार्यक्रममा बरिष्ठ पत्रकार अरूण कुमार रसाइलीलाई सम्बर्द्धना पनि जनाइएको जानकारी चन्द्रकला राईले दिएकी छिन्।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ