Gurkhas: Zimba

गृहमन्त्रीले गोर्खाहरुको निम्ति राम्रो गृहकार्य गरेका छन्: जिम्बा

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटीको आयोजनामा खर्साङ बजार गोर्खा जनपुस्तकालयमा ३८औं गोर्खा एकर्ड अनि गोर्खा नागरिकता स्पष्टीकरण दिवस पालन गरेको थियो। ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको समारोहलाई सवीव छेत्रीले संचालन गरेका थिए। समारोहमा दार्जीलिङ बिधानसभा क्षेत्रका बिधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बा प्रमुख अतिथि थिए। उनले गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको तस्बीरमा दीप प्रज्वलन गरि कार्यक्रमलाई अगि बडाएका थिए। उनले आफ्नो भाषणमा भने, गृहमन्त्रीले गोर्खाहरुको निम्ति राम्रो गृहकार्य गरेका छन् । दिल्लीको धेरै कुरा छ अहिले नै भन्नु हुदैन तर राम्रो छ । पार्टी अध्यक्ष मन घिसिङ र हामीले मिलेर एउटा पुल निर्माण गरेका छौं केवल गोर्खा जातिको उन्मुक्तिको निम्ति अरु कसैले गरेको छैन केवल गोरामुमोले आफ्नो भुमिका निभाइरहेको बिधायक निरज जिम्बाले आफ्नो वक्तव्यमा दावि गरे। कार्यक्रममा गोरामुमो केन्द्रीय समिति सदस्यगण, गोरामुमो शीर्ष नेतृत्ववर्ग, सम्पूर्ण भ्रातृ संगठन लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्तिथि रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङले जानाकारी दिएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न