चर्चित ब्यान्ड मङ्गोलियन हार्टका गायक राजु लामाले भेटे मिजोरमका बहुप्रतिभाशाली व्यक्तित्व डा. किङ्ग गुनु घर्तीलाई। गायक राजु लामा आफ्नो टोलीसङ्ग साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्न मिजोरमको राजधानी ऐजोल आएका थिए। यसैक्रममा उनले डा. किङ्गलाई भेटेका हुन्। स्मरण रहोस् राजु लामाले डा. किङ्गद्वारा बनाइएको गीत गाउने इच्छा गरेको दुइ दशक भइसकेको छ। तर पनि रेकर्डिङ्ग गर्ने साइत नजुरेकोमा उनले दुःख व्यक्त गरे। यसै गरी डा. किङ्ग पनि यो साइ चाँडै जुरोस् भनी ईश्वरसङ्ग प्रार्थना गरेको बताए।
