Goramumo Darjeeling Sadar 3

गोरामुमो दार्जीलिङ सदर 3 समिति गठन, अध्यक्ष पुरण राई

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्ना संगठनात्मक गतिविधिहरूलाई थप सशक्त बनाउनेक्रममा दार्जीलिङ सदर क्षेत्रअन्तर्गत तीन समष्टिको संगठनात्मक समिति गठन गरेको छ। गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको आयोजनामा सम्पन्न उक्त सभामा ब्राञ्च कमिटी अध्यक्ष एम. जी. सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। व्यापक छलफलपछि नयाँ समष्टि समितिका पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएका छन्।
समष्टि अध्यक्ष पदमा पुरण राई चयन भएका छन् भने उपाध्यक्षमा गनु थामी, सचिवमा दिपेन मुखिया, सहसचिवमा अमर तामाङ, प्रमुख सल्लाहकारमा राजेन शर्मा र वाई लामा चयन भएका छन्। नवगठित समितिलाई अध्यक्ष सुब्बाले श्रद्धा लगाएर बधाई तथा शुभकामना व्यक्त गरे। उनले पार्टीको सिद्धान्त र अनुशासनमा रही संगठन विस्तार र समष्टि स्तरमा प्रभावकारी गतिविधि सञ्चालन गर्न आग्रह गरे। नयाँ नेतृत्वको चयनसँगै संगठनले क्षेत्रीय रूपमा अझ सुदृढ र सक्रिय बन्ने अपेक्षा गरिएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न