मगरजोङ तल्लो विभागमा खुल्ला लातेभकुण्डो हुने

Share this news

सुकेपोखरी खण्ड अन्तर्गत मगरजोङ तल्लो विभाग बहादुर गाउँ स्काइ लार्क युथ क्लबको तत्वावधानमा आगामी ७ सेप्टेम्बर २०२५ देखि मगरजोङ भस्मे प्राथमिक विद्यालय खेल मैदानमा खुल्ला लातेभकुण्डो प्रतियोगिता हुने भएको छ। यो क्षेत्रको एक ऐतिहासिक फुटबल क्लब मानिने स्काइ लार्क युथ क्लबले गोर्खाहरूको महान् पर्व दशैँ र तिहारको उपलक्ष्यमा प्रतियोगिता आयोजना गरेको हो। आयोजक समितिका अनुसार प्रतियोगितामा जुनसुकै स्थानका खेलाडी वा टोलीले भाग लिन सक्ने व्यवस्था गरिएको छ। प्रतियोगितामा विजयी हुने टोलीलाई ट्रफीसहित नगद रु. ५०,००० र उपविजेतालाई ट्रफी सहित नगद रु. ३०,००० प्रदान गरिने घोषणा गरिएको छ। इच्छुक खेलाडी तथा टोलीहरूले आफ्नो नाम दर्ता आगामी ५ सेप्टेम्बर २०२५भित्र गरिसक्नुपर्ने आयोजक समितिले जनाएको छ। विस्तृत जानकारीका लागि 8327639909, 7029388531, 7872398897 अनि 7074009769 मा सम्पर्क गर्न आयोजक समितिको तर्फबाट राजकुमार तामाङले अनुरोध गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान