टाउन सार्वजनिक भवनमा दुईवटा शिविर सम्पन्न

Share this news

खरसाङ, (निसं)ः खरसाङ्को नयाँबजारस्थित टाउन सार्वजनिक भवनमा आइतवार दुईवटा शिवर सम्पन्न गरियो। यस भवनमा विगत 22 अगस्तदेखि चेन्नईको योगी रवीद्वारा सञ्चालित निःशुल्क रुद्राक्ष अकुप्रेस थेरापी शिविर अनि अर्को ब्रह्मा कुमारी ईश्वरीय विश्विद्यालय, खरसाङ अनि लायन्स क्लबको संयुक्त तत्वावधानमा अनि खरसाङ रोडक्रस सोसाइटी र महकुमा अस्पतालको सहयोगमा रक्तदान शिविर सम्पन्न भयो। रक्त दान गर्नुहोस, जीवन बचाउनुहोस्‌‍ भन्ने नाराको साथमा ब्रह्म कुमारीले यस सप्ताह भारत अनि नेपालमा रक्तदान शिविर अभियान चलाएको ब्रह्मा कुमारीका बीके सनीले बताएका छन्‌‍। सनीले बताए अनुसार भारत अनि नेपालमा तीन दिनमा 1 लाख यूनिट रगत संग्रह गर्ने उद्देश्यले यो अभियान चलाइएको हो। यो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा अभियानले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउनेछ। लायन्स क्लबका महासचिव आयुष गुप्ता बताए अनुसार आइतवारको रक्तदान शिविरमा मानिसहरूले जोशपुर्ण सहयोग दिएका छन्‌‍ अनि स्वेच्छाले रक्तदान गरेका छन्‌‍। आइतवारको शिविरमा 1 सय यूनिट भन्दा बढ़ी रगत संग्रह गर्ने हामीले लक्ष्य राखेका छौँ भनी गुप्ताले बताए। समाचार सङ्कलन गरुञ्जेललसम्म 80 यूनिट रगत संग्रह भइसकेको थियो। स्वास्थ्य सेवा जनमानससम्म पुऱ्याउने कार्य निरन्तर रहिरहने छ। हामीले अघि पनि यस प्रकारको शिविरको सफलता पूर्वक आयोजना गरिसकेका छौँ भने आज ब्रह्मकुमारीसित संयुक्त रुपमा यो शिविरको आयोजना गरेका हौँ, गुप्ताले भने। कार्यक्रममा खरसाङ नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास प्रधान, खरसाङ महकुमा अस्पताल परिवार कल्याण विभाग प्रभारी, विजय सिञ्चुरी, खरसाङ रेडक्रस सोसिइटीका डीके प्रधान, लायन्स क्लब खरसाङ अनि ब्रह्माकुमारीका प्रतिनिधिहरू उपस्थित रहेका थिए। टाउन सार्वजनिक भवनको भुइँतलामा 22 अगस्तदेखि नै रुद्राक्ष अकुप्रेसर थेरापी शिविर चलिरहेको छ, यो शिविर आइतवार पनि जारी रहेको थियो। शिविरका संयोजक दीप भाइले बताए अनुसार तीन दिनमा 4 सय भन्दा बढ़ी मानिसहरूले शिविरमा आएर रुद्राक्ष अकुप्रेसर थेपारीको लाभ उठाइसकेका छन्‌‍। तिनले बताए अनुसार नाड़ी परीक्षा र रुद्राक्ष अकुप्रेसरद्वारा उपचार मार्फत 95 प्रतिशत बिमारी निको भएका छन्‌‍ अथवा रोगीको अवस्थामा सुधार आएको छ। यस उपचारको निम्ति रोगीले 2 सत्रमा भाग लिनु पर्नेछ। शिविर पहिलो सत्र बिहान 10 बजे देखि 12 बजेसम्म अनि दोस्रो सत्र साँझ 3 बजेदेखि 5 बजेसम्म चल्ने छ। शिविर 30 अगस्तको दिन समापन हुनेछ। नयाँ बजारको टाउन सार्वजनिक भवनमा आइतवार यसरी दुईवटा शिविरको आयोजना भएकोले भवनमा मानिसहरूको चहल-पहलमा वृद्धि भएको थियो। शिविरमा मानिसहरू गाड़ीबाट पनि आएकाले नयाँ बजार रोडमा समय समयमा गाड़ीको चलाचलमा वृद्धि भएको थियो, जसको कारण गाड़ी जामको स्थिति पनि सृजना भयो।

Share this news
आजको रोजाइ
रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आजको रोजाइ