महानदी ग्राम पञ्चायतमा द्वारे सरकार एवं हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रम

Share this news

ीनधारे, (निसं): खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायत कार्यालयमा द्वारे सरकारको क्याम्पसितै पश्चिम बंगाल सरकारको हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रमको पनि आयोजना गरिएको छ। महानदी ग्राम पञ्चायतको घुम्ती चियाबारीको दुईवटा बुथहरु र महानदी बजार र 63 लाइन बुथहरुलाई लिएर द्वारे सरकारको क्याम्पसितै हाम्रो गाउँ, हाम्रो समाधान अन्तर्गत विभिन्न गाउँहरुका मानिसहरुलाई लिएर सभा पनि सम्पन्न भएको छ। यस अवसरमा तीनैवटा बुथहरुका स्थानीय जनसाधारणको बुनियादी समस्याहरु विषयमा जानकारी लिएर समाधान गर्न कोशिष गरिएको र तीनवटै बुथका विभिन्न गाउँहरुमा भएको समस्याहरुलाई लिएर कार्य गरिने जानकारी प्राप्त भएको छ। यस हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत आयोजित सभामा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, एनसीआर महेन्द्र छेत्री, विभिन्न विभागका पदाधिकारीहरु र महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, पञ्चायत सदस्यहरु, पञ्चायत सचिव पेञ्छेन लमु तामाङ लगायत महानदी ग्राम पञ्चायतको टिम उपस्थित रहेको जानकारी प्राप्त भएको छ। यस हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत एउटा बुथलाई विकासको लागि सरकारको तर्फबाट 10 लाख रुपियाँ प्रदान गरिने जानकारी प्राप्त भएको छ। यस द्वारे सरकार क्याम्प र हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत महानदी ग्राम पञ्चायतको घुम्ती चियाबारी क्षेत्रका मानिसहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ