शामी लाखाङ गुम्बामा तीन दिवसीय विश्वशान्ती पूजा

Share this news

खरसाङ, (निसं)ः खरसाङ्को वार्ड नम्बर 5 स्थित डुमाराम बस्तीमा रहेको शामी लखाङ गुम्बामा 25 औँ विश्व शान्ति पूजा शुक्रवारदेखि आरम्भ भएको छ। शुक्रवार पूजाको विधिवत आरम्भ गर्दै लामाहरूद्वारा बौद्ध मन्त्रोच्चारणको साथमा पूजा सम्पन्न गरियो। 23 अगस्त शनिवारको दिन गुम्बामा छेदार (खोलामा माछा बगाउे) दीर्घायुको पूजा सम्पन्न गरियो। यस अवसरमा गुम्बाको एक टोली लामाहरूको साथमा शिवखोलामा पुगेर खोलामा सम्पूर्ण धार्मिक अुष्ठान पुरा गरेर खोलामा माझ बगाउने कार्यक्रम सम्पन्न गरियो। यो विश्वशान्ति पूजा आगामी 24 अगस्ट 2025 को दिन समापन हुनेछ। यस आशयको जानकारी दिँदै शामी लाखाङ गुम्बाका धर्मगुरु पेम्बा रिम्पोछेले तीन दिवसीय यस धार्मिक अनुष्ठानको पहिलो दिन शुक्रवार एक विशेष पूजा सम्पन्न गरिएको बताए। दोस्रो दिन छेदर पूजा अथवा आयु पूजा सम्पन्न गरिएको अनि 24 अगस्त आइतवारको दिन वाङ (अभिषेक) अनि याङ (सह) सामग्री भक्तजनलाई वितरण गरिनेछ। रिम्पोर्छेले जाति र संस्कृतिको परम्परा संरक्षण गर्नको निम्ति प्रत्येक वर्ष यस गुम्बामा विश्व शान्ति पूजा आयोजना गरिने गरिन्छ। तीन दिवसीय यो पूजा अन्तर्गत 23 अगस्तको दिन खरसाङ महकुमा अन्तर्गत तीनधारे क्षेत्रमा रहेको शिवखोला स्थित शिव मन्दिर प्राङ्गणमा विश्व शान्ति पूजा सहित छेदर पूजा (आयुको पूजा) को आयोजना गरियो। यस समय गुम्बामा खरसाङ लगायत विभिन्न स्थानबाट भक्तजन उपस्थित रहेको पूजामा सहभागी भइरहेका छन्‌‍।

 


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न