चम्नी देवराली क्षेत्रमा सोलर लाइट लगाउने कार्य आरम्भ

Share this news

खरसाङ, (निसं)ः जीटीएको 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टि अन्तर्गत चिम्नी देवराली ग्राम पञ्चायत क्षेत्रमा सोलर लाइट लगाउने कार्य आरम्भ भएको छ। शुक्रवार समष्टि सभासद्‌‍ श्याम शेर्पाको बाहुलीबाट धुप-धुवाँर गरेर पूजा-पाठ गरी यस कार्यको आरम्भ गरिएको हो। शुक्रवार पञ्चायत क्षेत्रको एनएसकेदेखि देवरालीसम्म सोलर लाइट लगाउने कार्य भयो। उद्घाटनको कार्यक्रममा खरसाङ पञ्चायत समिति सदस्य दिनेश तामाङ, जीटीए उर्जा विभागका कार्यकारी अभियन्ता सुरज थापा, एसएई पवन राई, बड़ा बाबु करण तामाङ, ग्राम पञ्चायत सदस्यहरू दिपेश थापा, अनि गाउँवासीको उपस्थिति रहेको थियो। सभासद्‌‍ श्याम शेर्पाले यस पञ्चायत क्षेत्रमा सोलर लाइट जड़ानको बारेमा बताउदै भने, चिम्नी देवराली ग्राम पञ्चायत क्षेत्रमा सोलर लाइट जड़ानको निम्ति पहल गरिदिएकोमा जीटीएका मुख्य कार्यपाल अनित थापालाई धन्यवाद दिन चहान्छु। जीटीए प्रमुख कार्यपालले के नगरपालिका के पञ्चायत क्षेत्र केही छुट्याउदैनन्‌‍। तिनले सबै क्षेत्रको विकासको निम्ति कार्य गरिरहेका छन्‌‍। जीटीएको गाउँ-बस्ती, कुना-काप्चामा रातिको समयमा उज्यालो बनाउनको निम्ति जीटीएद्वारा सोलर लाइटको कार्य भइरहेको छ। अज एनएसकेदेखि देवरालीसम्म विभिन्न ठाउँमा सोलर लाइट लगाउने कार्य भएको छ, आगामी दिनमा यस पञ्चायत क्षेत्रको अन्य स्थानहरूमा सोलर लाइट जड़ान गरिनेछ। तिनले सोलर लाइट जड़ान गरिएकोमा गाउँवासीलाई बधाई दिँदै गाउँवासीको सुविधाको निम्ति लगाइएको यी सोलर लाइटहरूको सुरक्षा गर्ने दायित्व पनि गाउँका मानिसहरूको हो भने।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ