अवकाशप्राप्त अशिक्षणकर्मी सुकचन्द्र लिम्बुलाई दिइयो विदाइ

Share this news

तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा अवकाशप्राप्त अशिक्षणकर्मी सुकचन्द्र लिम्बुलाई एक समारोह बीच बिदाइ गरिएको छ। उक्त बिदाई समारोहको अध्यक्षता विद्यालयकी शिक्षिका प्रभारी रञ्जना प्रधानले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा अवकाशप्राप्त अशिक्षणकर्मी सुकचन्द्र लिम्बु उपस्थित रहेका थिए। शिक्षिका सञ्जुली छेत्रीले स्वागत सम्भाषण राखेको कार्यक्रममा सञ्चालन शिक्षकद्वय देवेन मंगर र सुप्रेम छेत्रीले गरेका थिए। यस बिदाइ कार्यक्रममा शिक्षकद्वय भास्कर थापा र विशालमणि प्रधानले कविता वाचन गरेका थिए‌। त्यसरी नै स्वयम गजमेर, शिक्षक सुप्रेम छेत्री साथै विद्यार्थीहले सामुहिक गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए।‌ यस बिदाइ समारोहमा सुकचन्द्र लिम्बुको जीवनी पठन शिक्षक देवेन मंगरले‌ गरेका थिए। कार्यक्रममा लिम्बुले वक्तव्य राखेका थिए भने सभाध्यक्ष प्रभारी शिक्षिका रञ्जना प्रधानले अध्यक्षीय सम्भाषण राखेकी थिइन्। अवकाशप्राप्त लिम्बुले सन् 1997 मा किरानीको पदमा विद्यालयमा नियुक्ति पाएका थिए भने 28 वर्ष 5 महिना 19 दिन काम गरेर प्रधान किरानीबाट 28 फरवरी 2025 मा अवकाशप्राप्त गरेका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान