खरसाङ महकुमा क्षेत्र अन्तर्गत मार्गरेटस होपको बाँसघारी स्थित एउटा झोलुङ्गे पुल पुनः निर्माण हुने भयो। जहाँ 105ft को लम्बाई अनि 5ft चौडाई पुलको सिलन्यास कार्यक्रम आईजीजेएफ प्रमुख अजय एडवर्ड्सको बाहुलीबाट सम्पन्न भयो। उनले भने, “हामीले आजसम्म जति नरिवल फुटायौं ती सबै कार्यहरू हामीले पूरा गरेका छौं, यो पनि अवश्य पूरा गर्ने छौं।”
धेरै लामो समयदेखि गाउँबासीले आफ्नो क्षेत्रमा जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको जिर्णोद्धारको निम्ति धेरै गुहार माग्दै आएका थिए। सबै जग्गाबाट निराशाको हात लागेपछि अन्तमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट प्रमुख अजय एडवर्ड्सलाई सहयोगको गुहार मागेका थिए।
