Gurkha Confederation of India Dharamsala

भारतीय गोर्खा परिसंघ धर्मशालाद्वारा भाषा दिवस पालन

Share this news

भारतीय गोर्खा परिसंघ धर्मशाला (हिमाचल प्रदेश) को तत्वावधानमा ३४औं नेपाली भाषा मान्यता दिवस धर्मशालामा खुबै हषोल्लासको साथ पालन गरियो। उक्त समारोहको अध्यक्षता ‘भागोप’ हिमाचल प्रदेशका अध्यक्ष सुर्य थापाले गरेका थिए भने मुख्य अतिथिको रुपमा भागोपका राष्ट्रिय उपाध्यक्ष यम प्रसाद घिमिरे उपस्थित थिए। यसै गरी विशिष्ट अतिथि भागोप जोन IV का महासचिव गोविन्द पन्थी र अन्यान्यको उपस्थिति रहेको थियो। यस अवसरमा भाषा आन्दोलनमा भाग लिने साहित्यकारहरूलाई ‘याद’ र सम्मानित गरियो। कार्यक्रममा प्रमुख अतिथिलगायत अन्य वक्ताहरूले नेपाली भाषा मान्यताको लागि गरिएको आन्दोलनको बारेमा गहन वक्तव्य राखेका थिए। क्रमशः स्कूलका नानीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। समारोहमा हिमाचल एवं पंजाब गोर्खा एसोसिएसनका अध्यक्ष रविन्द्रसिंह राणा, गोर्खा विकाश परिषदका अध्यक्ष क्याप्टन ओमबहादुर गुरुङ, क्याप्टन सखना थापा, क्याप्टन हेमन्त कुमार आले, सुनील राणा, लैफ्टनेन्ट इन्द्रसिंह थापालगायत गोर्खा समुदायका सदस्यहरू को बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रम ऐतिहासिक भएको भागोप कालेबुङ क्षेत्रीय समितिका पूर्व युवा अध्यक्ष योगेश थापाले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी