पूल-बिजनबारी गोक समष्टिको सक्रिय गोक बजार स्कूल लाइन स्वनिर्भर समूहलाई भाषा मान्यता दिवसमा सम्बर्धना जनाइएको छ। गोक उच्चोत्तर माध्यमिक विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा उक्त स्वनिर्भर समूहलाई सम्बर्धना जनाइएको हो। स्मरण रहोस् यो स्वनिर्भर समूह क्षेत्रमा हुने सामाजिक कार्यमा अग्रसर भएर काम गर्दै आइरहेको छ। गोक उच्चोत्तर माध्यमिक विद्यालयका प्रधानाध्यपक नरेश तामाङद्वारा अध्यक्षता गरिएको कार्यक्रममा भाषा संग्राममा स्थानीय बेदु रायाले दिएको योगदानको कदर गर्दै उनलाई मरणोप्रान्त सम्बर्धना जनाइएको थियो। जुन सम्बर्धना उनका नाति चेतन रायाले ग्रहण गरेका थिए। कार्यक्रममा भाषा संग्राममाथि वक्तव्य अनि सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो।
