भाषा दिवसको ‘विराट जागरण जुलुस’ रैली

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि संस्कृतिक विभाग र नेपाली भाषा मान्यता दिवस समारोह समितिको आयोजनामा जीटीए क्षेत्रभरि आयोजना गरिएको दुई सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोह अन्तर्गत आज खरसाङमा‌ विराट रैलीको साथमा पालन गरिएको थियो।‌ उक्त रैलीलाई ‘विराट जागरण जुलुस’ को‌ नाम दिइएको थियो। भाषा हाम्रो प्राण हो भन्ने भन्दै उक्त विराट जागरण जुलुस खरसाङ मोटर स्ट्याण्डबाट शुरु भएर हिल कार्ट रोड हुँदै अस्पताल मोडबाट वर्द्धमान रोड भएर पुनः मोटर स्ट्याण्ड हुँदै नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा आएर कार्यक्रममा परिणत भएको थियो। नेपाली भाषालाई लिएर आयोजित विराट जागरण जुलुसमा‌ विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न विद्यालयहरुको विद्यार्थीहरुले सहभागिता जनाएका थिए। विराट जागरण जुलुसमा‌ सहभागीहरुले ‘भाषा हाम्रो प्राण हो, भाषा बाँचे जाति बाँच्छ, नेपाली भाषा हाम्रो मातृ भाषा‌‌ हो, नेपाली भाषालाई सम्मान गरौं, नेपाली भाषा शुद्ध लेखौं, सूचनापटहरु नेपालीमा लेखौं, बाटो र ठाउँको नाम नेपालीमा लेखौं, कार्यालयतिर आवेदन नेपाली भाषामा लेखौं’ जस्ता नाराहरु लगाइएको थियो‌।

Share this news
आजको रोजाइ
रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आजको रोजाइ