भाषा दिवसको ‘विराट जागरण जुलुस’ रैली

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि संस्कृतिक विभाग र नेपाली भाषा मान्यता दिवस समारोह समितिको आयोजनामा जीटीए क्षेत्रभरि आयोजना गरिएको दुई सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोह अन्तर्गत आज खरसाङमा‌ विराट रैलीको साथमा पालन गरिएको थियो।‌ उक्त रैलीलाई ‘विराट जागरण जुलुस’ को‌ नाम दिइएको थियो। भाषा हाम्रो प्राण हो भन्ने भन्दै उक्त विराट जागरण जुलुस खरसाङ मोटर स्ट्याण्डबाट शुरु भएर हिल कार्ट रोड हुँदै अस्पताल मोडबाट वर्द्धमान रोड भएर पुनः मोटर स्ट्याण्ड हुँदै नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा आएर कार्यक्रममा परिणत भएको थियो। नेपाली भाषालाई लिएर आयोजित विराट जागरण जुलुसमा‌ विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न विद्यालयहरुको विद्यार्थीहरुले सहभागिता जनाएका थिए। विराट जागरण जुलुसमा‌ सहभागीहरुले ‘भाषा हाम्रो प्राण हो, भाषा बाँचे जाति बाँच्छ, नेपाली भाषा हाम्रो मातृ भाषा‌‌ हो, नेपाली भाषालाई सम्मान गरौं, नेपाली भाषा शुद्ध लेखौं, सूचनापटहरु नेपालीमा लेखौं, बाटो र ठाउँको नाम नेपालीमा लेखौं, कार्यालयतिर आवेदन नेपाली भाषामा लेखौं’ जस्ता नाराहरु लगाइएको थियो‌।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री