Tripura University Observance
Tripura University Observance

त्रिपुरा विवि गोर्खा परिवारद्वारा भाषा दिवस पालन

Share this news

त्रिपुरा विश्वविद्यालय गोर्खा परिवारले भाषा दिवस विशेष उत्साहका साथ पालन गरेको थियो। कार्यक्रममा त्रिपुरा विश्वविद्यालयका कुलपति प्रा. गंगाप्रसाद प्रसाईंको नेतृत्व प्रेरणादायी रह्यो। प्रा. प्रसाईंले सम्बोधन गर्दै भने, “गोर्खा भएकोमा गर्व गरौं। हाम्रो नेपाली भाषाले सन् १९९२ मा भारतीय संविधानको आठौं अनुसूचीमा सूचीकृत भई आधिकारिक मान्यता प्राप्त गरेको छ।” उनले सिक्किमका पूर्वमुख्यमन्त्री स्व. नर बहादुर भण्डारी अनि तत्कालीन सांसद दिलकुमारी भण्डारीको योगदान सम्झनु भयो, जसले नेपाली भाषालाई मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। प्रा. प्रसाईंले छात्र–छात्रालाई पठाइएको तत्कालीन सांसद दिलकुमारी भण्डारीको भीडीयो सन्देशको लागि आभार व्यक्त गर्नुभयो। भीडीयोमा भण्डारीले भाषाअन्दोलनका क्रान्तिकारीहरूले दिएका बलिदानको स्मरण गराएको थियो र युवापुस्तालाई आफ्नै भाषालाई जोगाउन प्रेरित गरेको थियो।
कार्यक्रममा नृत्य, संगीत, कविता वाचनसहित नेपाली भाषालाई मान्यता दिलाउन गरिएको ऐतिहासिक तथा राजनीतिक आन्दोलनका विषयमा समेत मन्तव्य प्रस्तुत गरियो। कुल २६ जना गोर्खा समुदायका सहभागीमध्ये पाँचजना विश्वविद्यालयका प्राध्यापक र बाँकी स्नातकोत्तर तहका विद्यार्थी र शोधार्थी रहेका थिए।
भाषा दिवस मात्र नभई त्रिपुरा विश्वविद्यालयका गोर्खा परिवारले सन् २०२१ देखि भानु जयन्ती पनि निरन्तर मनाउँदै आएको छ। यस परम्पराको सुरुआत हालका कुलपतिले गर्नुभएको हो र उनीहरूले यो परम्परा भविष्यका पुस्ताका विद्यार्थी र अध्यापकहरूका लागि निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ