धैयाबारी ग्राम पञ्चायतको आयोजनामा कार्यशाला

Share this news

खरसाङ, (निसं)ः घैयाबारी 1 ग्राम पञ्चायतको आयोजनामा बुधवार एउटा जनचेतना मूलक कार्यशाला सम्पन्न भयो। गिद्धे पहाड़को च्याउ फ्याक्ट्रीमा सम्पन्न भएको यस कार्यक्रममा ग्राम पञ्चायत प्रधान रीना छेत्रीले बाल-बालिकाहरूमाथि आइपर्ने अप्रिय घटनाहरूको बारेमा बताउदै यस प्रकारको घटनाहरूमा वद्धि भएको बताइन्‌‍। तिनले यो कार्यशाला आयोजना गर्नुको उद्देश्यको बारेमा बताउदै वर्तमान समयमा सचेत रहनु नै विपदबाट सुरक्षित रहनु हो भनी बताइन्‌‍। संसाधन अधिकारी फूर्बा शेर्पाले कार्यक्रममा बोल्दै शिशु सुरक्षा समितिको आवश्यकता, बाल-बालिकाको सुरक्षा, हेरचाह बारे विस्तृत रुपमा बताए। तिनले बाल-बालिकाहरू कसरी दिगभ्रमित हुने गर्छन्‌‍, सकरी बाटो बिराउने गर्छन्‌‍ भन्ने बारेमा बुझाउदै नानीहरू अचेतन रुपमा कसरी गइरहेका छन्‌‍ भन्ने विषयमा विस्तृत रुपमा प्रकाश पारे। तिनले ग्राम पञ्चायत स्तरीय शिशु सुरक्षा समिति अनि गाउँ स्तरीय बाल सुरक्षा समितिको बारेमा बताउदै वर्तमानमा बाल-बालिकाहरू कसरी प्रताड़ित अनि शोषित भइरहेका छन्‌‍ यसको उत्तरदायी समाजका गन्यमान्य व्यक्तिहरू नै रहेको उदाहरणहरू प्रस्तुत गरे। तिनले किशोर न्याय अधिनियम (जुभिनियल जस्टिस एक्ट) को बारेमा पनि पनि कार्यशालामा प्रकाश पारे। कार्यशालामा आईसीडीएस सुपरभाइजर ज्योति राई अनि अन्यान्यले पनि वक्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन ग्राम पञ्चायत प्रधान रीना छेत्रीले गरेकी थिए। कार्यक्रममा आईसीडीएस कर्मी, सहायिका, स्वस्थ्य कर्मी, आशा कर्मी, ग्राम पञ्चायतका कर्मचारीहरूको उपस्थिति रहेका थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ