दार्जीलिङ विधानसभा क्षेत्रका बिधायक निरज तामाङ जिम्बाले मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेको नयाँ श्रमश्री योजनालाई “कल्याणको आवरणमा विभेद” भन्दै कडा प्रहार गरेका छन्। उनले मुख्यमन्त्रीलाई पत्र लेखेर यस योजनाको बहिष्करणकारी स्वरूपप्रति कठोर आपत्ति जनाएको जिम्बाले विज्ञप्तिमा भनेका छन्। “यो योजना केवल ‘बंगालीभाषी प्रवासी कामदारहरू’लाई मात्र सीमित गरी सरकारकै निर्णयले विगतदेखि रोजीरोटीको खोजीमा बाहिर जान बाध्य भएका हजारौं चियाबारीका श्रमिक तथा गैर-बंगाली भाषी डुवर्स अनि पहाडका कामदारहरूको मर्यादामा ठेस पुर्याकएको” पत्रमा उल्लेख गरिएको छ।
जिम्बाले प्रश्न उठाए, “के दार्जीलिङका बन्द चिया चियाबारीका श्रमिक, सिन्कोना बगानका कामदार, र पहाडका हजारौं प्रवासीहरू मानव होइनन् ? वा उनीहरू पर्याप्त ‘बंगाली’ होइनन् भनेर सरकारले हेपेको हो ?” उनले मुख्यमन्त्रीमाथि केवल आफ्ना भाषिक वर्गलाई सेवा पुर्यााएको र अन्यलाई व्यवस्थित रूपमा उपेक्षा गरेको आरोप लगाएका छन्।
