होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

Share this news

खरसाङ, (मोहन प्रसाद): खरसाङ्को डाउहिल रोडस्थित एउटा होम स्टेको खिड़कीबाट कथित रूपमा झरेर एउटा पर्यटकको मृत्यु भएको छ। मृतक 23 वर्षीय सप्तनील च्याटर्जी रहेका छन्‌‍। प्राप्त जानकारी अनुसार, तिनी कलक्ताको एउटा युनिभर्सिटीका इञ्जिनियरिङ्का छात्र थिए । खरसाङ्को डाउहिल रोडस्थित उक्त होम स्टेमा तिनी अनि तिनका अन्य पाँचजना साथीहरू पनि बसेका थिए । पुलिसद्वारा प्राप्त भएको जानकारी अनुसार, कलकत्ताबाट आएर मृतक अनि मृतकका केही साथीहरू प्रथममा जलपाईगढ़ीमा बसेर शनिवार दिउँसो खरसाङ्को उक्त होम स्टेमा आएर बसेका थिए। सोमवार बिहान लगभग पाँच बजे अचानक होम स्टेको रूमको खिड़कीबाट केही झरेको जस्तो आवाज आयो उक्त आवाज संग संगै एम्बुलेन्स-एम्बुलेन्स भन्दै चिच्याउएर सहयोगको अपिल गरेको आवाज छेउछाउकाहरूले सुने। छेउछाउका मानिसहरूले उक्त आवाज होमस्टेबाट आएको, होमस्टेमा बसिरहेका एक व्यक्ति झरेको रहेछ र तिनका साथीहरूले सहयोगको निम्ति गुहार माग्दै चिच्याएका रहेछन्‌‍ भनी थाहा पाए। छेउछाउका मानिसहरूले यो कुरो थाहा पाएपछि होम स्टेकाहरू साथै अन्यहरूको सहयोगमा झट्टै होम स्टेबाट कथित रूपमा झरेको उक्त विद्यार्थीलाई उठाएर अस्पताल ल्याए, अस्पतालमा तिनलाई डाक्टरले मृत घोषित गरे। होम स्टेबाट झर्दा उक्त युवकको टाउकोमा गम्भीर चोट लागेको थियो। पछि खरसाङ थानाबाट पुलिसहरू घटना स्थलमा पुगेर निरीक्षण गरी जाँच कार्य आरम्भ गरेको छ। पुलिसले उक्त होमस्टेमा बसिरहेका मृतकका साथीहरूसित सोधखोज गरिरहेको छ। पुलिसबाट जानकारी पाइए अनुसार मृत देहलाई पोष्टमोर्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज अनि अस्पताल पठाइएको छ। मृतक हाउड़ा जिल्लाको बगनन्‌‍ पुलिस थाना अन्तर्गत सम्‌‍ता गाउँका निवासी हुन्‌‍। होमस्टेमा बस्ने 6 जना मध्ये 4 युवती अनि 2 युवा रहेका थिए भनी पुलिसले जनाएको छ। जाँच कार्य पुरा भएपछि अनि पोष्टमोर्टम रिपोर्ट प्राप्त भएपछि घटनाको कारण बताउन सकिने पुलिसले बताएको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान