हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

Share this news

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa
राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना गरिएको छ।
यो शिविर जोरबङलो–सुकेपोखरी खण्ड विकास अन्तर्गत पर्ने वार्ड नं. २४/१०, २४/११ र २४/१२ का स्थानीय बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको थियो। शिविरमार्फत जनतालाई आधारभूत सेवा–सुविधा उपलब्ध गराउने, समस्याहरू सुनी समाधान प्रक्रिया अघि बढाउने तथा राज्य सरकारका विभिन्न योजनाबारे जानकारी र पहुँच सुनिश्चित गर्ने उद्देश्य राखिएको थियो।
शिविरमा पश्चिम बंगाल सरकारका सचिव (वित्त विभाग) श्री देवी प्रसाद कर्नाम, IAS, दार्जिलिङका अतिरिक्त जिल्लापाल (साधारण) श्री सुमित कुमार राई, IAS, सदर महकमा अधिकारी श्री रिचार्ड लेप्चा, जिल्ला पन्चांयत एव ग्रामिन बिकास अधिकारी
लोपसाड लामा,पंचायत समिति सभापति सोना डोमा वाड्दी डुक्पा, सहकारी सभापति मनखुस राई, खण्ड विकास अधिकारी अर्ध्य गुह,
सि बि आई सोनादा शाखा प्रबन्धक सुबम मण्डल, ग्राम पन्चायत प्रधान बेजन्ती तामाङ, उपप्रधान ठिलेन लामा तथा अन्य जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
शिविरको दोस्रो सत्रमा क्रेडिट लिडकेजमार्फत लाभार्थी स्वनिर्भर समूहलाई स्वीकृति पत्र वितरण तथा सबुजश्री योजना अन्तर्गत बिरुवा वितरण गरियो।
यस कार्यक्रममार्फत राज्य सरकारको “हाम्रो गाउँ, हाम्रो समाधान” अभियानले स्थानीय जनतालाई प्रत्यक्ष रूपमा सेवासुविधा प्रदान गर्दै गाउँ–गाउँमा पहुँच सुनिश्चित गर्ने लक्ष्यलाई थप सबल बनाएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ