Municipality making announcementsmic-ing about installing signboards in Nepali language

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

Share this news

खरसाङ,  (निसं): आगामी 20 अगस्त नेपाली भाषा मान्यता दिवस अघि नै खरसाङ्को प्रत्येक दोकान, पाट, सरकारी, गैरसरकारी कार्यालय, ब्याङ्क, शैक्षिक संस्थान, संघ-संस्थाको कार्यालयहरूमा नेपाली भाषामा साईन बोर्ड अनि सूचना पाटीहरू लगाउने अपिल गर्दै खरसाङ नगरपालिकाले बजारमा माइकिङ गरेको छ। खरसाङ्को राष्ट्रिय राजमार्ग 110, वर्द्धवान रोड, पंखाबारी रोड, नयाँ बजार अनि अन्य विभिन्न स्थानमा गाड़ीमा घुम्दै नगरपालिका कर्मचारीहरूले माइकिङ गरेको छ। स्मरण गराइन्छ अघिबाट नै जीटीएले जीटीए क्षेत्रको प्रत्येक दोकान, पाट, सरकारी, गैरसरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने निर्देश जारी गरिसकेको छ। जीटीएको यो निर्देशलाई कार्यरुपमा परिणत गराउनको निम्ति भागोप्रमो युवा शक्ति अघि आएको छ। यस दिशामा युवा शक्तिले अघिबाटै कार्य आरम्भ गरिसकेको छ। तीन महिना अघि युवा शक्तिका नेतृत्व अनि कार्यकर्ताहरूले खरसाङ बजारमा घुम्दै पर्चा, पामप्लेट वितरण गरी व्यापारी, पसले, विभिन्न कार्यालयका अधिकारी, शैक्षिक संस्थानका प्रमुख, सङ्घ-संस्थाका पदाधिकारीहरूलाई नेपाली भाषामा साइन बोर्ड लगाउने अपिल गरिसकेका छन्‌‍। त्यसै समयदेखि धेरै व्यापारी, पसलेहरूले आ-आफ्नो व्यापारिक प्रतिष्ठान र दोकानमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने कार्य गरेका थिए, कतिपय कार्यालयहरूमा पनि नेपाली भाषामा साईन बोर्ड लगाउने कार्य भयो भने धेरैले लगाउन बाँकी रहेको थियो। यो कार्यलाई पुरा गर्नको निम्ति युवा शक्तिले खरसाङ्मा पुनः अभियान शुरु गरेको छ। यस अभियान अन्तर्गत खरसाङ नगरपालिका अध्यक्ष अनि उपाध्यक्षलाई भेटेर ज्ञापन दिने कार्य समेत तीन दिन अघि गरिसकेको छ। यस अभियानलाई अझ एक खुड़किलो अघि बढ़ाउदै खरसाङ नगरपालिकाले सोमवार नगरपालिका क्षेत्रमा माइकिङ गरेको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान