नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

Share this news

खरसाङ,  (निसं): आगामी 20 अगस्त नेपाली भाषा मान्यता दिवस अघि नै खरसाङ्को प्रत्येक दोकान, पाट, सरकारी, गैरसरकारी कार्यालय, ब्याङ्क, शैक्षिक संस्थान, संघ-संस्थाको कार्यालयहरूमा नेपाली भाषामा साईन बोर्ड अनि सूचना पाटीहरू लगाउने अपिल गर्दै खरसाङ नगरपालिकाले बजारमा माइकिङ गरेको छ। खरसाङ्को राष्ट्रिय राजमार्ग 110, वर्द्धवान रोड, पंखाबारी रोड, नयाँ बजार अनि अन्य विभिन्न स्थानमा गाड़ीमा घुम्दै नगरपालिका कर्मचारीहरूले माइकिङ गरेको छ। स्मरण गराइन्छ अघिबाट नै जीटीएले जीटीए क्षेत्रको प्रत्येक दोकान, पाट, सरकारी, गैरसरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने निर्देश जारी गरिसकेको छ। जीटीएको यो निर्देशलाई कार्यरुपमा परिणत गराउनको निम्ति भागोप्रमो युवा शक्ति अघि आएको छ। यस दिशामा युवा शक्तिले अघिबाटै कार्य आरम्भ गरिसकेको छ। तीन महिना अघि युवा शक्तिका नेतृत्व अनि कार्यकर्ताहरूले खरसाङ बजारमा घुम्दै पर्चा, पामप्लेट वितरण गरी व्यापारी, पसले, विभिन्न कार्यालयका अधिकारी, शैक्षिक संस्थानका प्रमुख, सङ्घ-संस्थाका पदाधिकारीहरूलाई नेपाली भाषामा साइन बोर्ड लगाउने अपिल गरिसकेका छन्‌‍। त्यसै समयदेखि धेरै व्यापारी, पसलेहरूले आ-आफ्नो व्यापारिक प्रतिष्ठान र दोकानमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने कार्य गरेका थिए, कतिपय कार्यालयहरूमा पनि नेपाली भाषामा साईन बोर्ड लगाउने कार्य भयो भने धेरैले लगाउन बाँकी रहेको थियो। यो कार्यलाई पुरा गर्नको निम्ति युवा शक्तिले खरसाङ्मा पुनः अभियान शुरु गरेको छ। यस अभियान अन्तर्गत खरसाङ नगरपालिका अध्यक्ष अनि उपाध्यक्षलाई भेटेर ज्ञापन दिने कार्य समेत तीन दिन अघि गरिसकेको छ। यस अभियानलाई अझ एक खुड़किलो अघि बढ़ाउदै खरसाङ नगरपालिकाले सोमवार नगरपालिका क्षेत्रमा माइकिङ गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ