The development of the hills will only happen through unity, goodwill, and cooperation

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका छन्। पार्टीको सिद्धान्त “आफ्नो गाउँ आफै बनाऊँ” भन्ने बचनलाई यथार्थमा परिणत गर्दै गाउँलेको श्रमदानबाट बनिँदै गरेको पूल निर्माण कार्यमा सबैको सहभागिताको एडवर्ड्सले हृदयबाट सराहना गरेका छन्। भविष्यमा यस पूलले क्षेत्रवासीको सामाजिक साथै आर्थिक उन्नतिमा मद्दत पुग्ने कुरामा एडवर्ड्स आशावान् छन्। आइजीजेएफले धेरै ठाउँहरुमा यस्ता पूलहरु निर्माण भइरहेको बताउँदै भविष्यमा पनि यस्ता धेरै पूलहरु निर्माण गर्ने एडवर्ड्सले जानकारी दिएका छन्।

 

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान