एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्स अनि टोलीले तुङसुङ क्षेत्रमा बनिँदै गरेको गोर्खाल्याण्ड पूलमा आफ्नो श्रमदान दिँदै सोमबार निरीक्षण गरेका छन्। अजय एडवर्ड्स अनि तुङसुङ क्षेत्रको 32 वटा समाजहरुको संयुक्त प्रयासमा निर्माणाधीन यो पूल साँच्चै “जहाँ इच्छा, त्यहाँ उपाय”-को एउटा ज्वलन्त उदाहरण बनेको छ। यस भ्रमणमा एडवर्ड्सले बनिँदै गरेको पूलको साथै बनिँदै गरेको हल्लो ब्लकको गुणवत्ताको जाँच गरेका छन्। पार्टीको सिद्धान्त “आफ्नो गाउँ आफै बनाऊँ” भन्ने बचनलाई यथार्थमा परिणत गर्दै गाउँलेको श्रमदानबाट बनिँदै गरेको पूल निर्माण कार्यमा सबैको सहभागिताको एडवर्ड्सले हृदयबाट सराहना गरेका छन्। भविष्यमा यस पूलले क्षेत्रवासीको सामाजिक साथै आर्थिक उन्नतिमा मद्दत पुग्ने कुरामा एडवर्ड्स आशावान् छन्। आइजीजेएफले धेरै ठाउँहरुमा यस्ता पूलहरु निर्माण भइरहेको बताउँदै भविष्यमा पनि यस्ता धेरै पूलहरु निर्माण गर्ने एडवर्ड्सले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

आजको रोजाइ