केन्द्रिय समितिको पहलमा चलिरहेको गोर्खा जनमुक्ति मोर्चाको कर्मी सभा केशर राईको अध्यक्षतामा दार्जीलिङ सदर ४ समष्टिको कर्मी सभा सम्पन्न गरियो। आइतबार सम्पन्न सभामा गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट अध्यक्ष बिमल गुरुङ, केन्द्रिय सचिव अनिल दीप राई, युवा मोर्चा अध्यक्ष नोमन राई, दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेवर युनियनका अध्यक्ष सूरज सुब्बाको साथमा दार्जीलिङ शहर समितिका सदस्यगण लगायत दार्जीलिङ सदर ४ गोजमुमोका कार्यकर्ता अनि प्रतिनिधिहरूको प्रमुख उपस्थिति रहेको थियो।
