Ordinary people in trouble due to vegetablesgreens

महँगो साग-सब्जीले साधरण मानिस समस्यामा

Share this news

खरसाङ, (निसं): वर्तमानमा साग-सब्जीको मूल्यमा भएको वृद्धिले साधरण मानिसहरू मर्कामा छन्‌‍। अहिले खरसाङ्मा टमाटरको मूल्य 80-90 रुपियाँ किलोग्राम रहेको मानिसहरूले बताएका छन्‌‍। कतिपयले दुई दिन अघि टमाटर मूल्य 1 सय 20 रुपियाँंमा खरिद गरेको पनि गुनासो गरेका छन्‌‍। अहिले खरसाङ्मा पोटलको मूल्य 80 रुपियाँ किलो, भेन्डी 80 रुपियाँ किलो, करेला 80 रुपियाँ किलो, आलु होल्याण्ड 30 रुपियाँ किलो, भोटान आलु 45 रुपियाँ किलो रहेको पाइएको छ। यसरी साग-सब्जीको मूल्यमा भएको वृद्धिको कारण निम्न वर्ग अनि निम्न मध्यवर्गीय परिवारलाई निकै समस्या भइरहेको थाहा लागेको छ। खरसाङ्को मन्टभियट निवासी एक गृहणीले वर्तमानमा साग-सब्जीको मूल्य अधिक रहेकोले आफूले स्कूसको मुन्टा र निगुरोले छाक टार्ने गरेको बताएकी छन्‌‍। तिनले आफ्नो पति दैनिक मजदुरीको काम गर्ने गरेको बताउदै वर्तमानमा इस्लामपूरका मजदुरहरूको संख्या धेरै भएकोले नियमित पतिले काम पनि नपाउने गरेको र यस्तो अवस्थामा महँगो साग-सब्जी खरिद गर्न पर्दा निकै समस्या हुने गरेको बताइन्‌‍। यस बारेमा सब्जी बिक्रेताहरूसित प्रश्न गर्दा अफूहरूले सिलगढ़ीबाट खरिद गरेर ल्याउने गरेको र सिलगढ़ीमा अधिक दाम भएपछि त्यस्तै हिसाबले बिक्री गर्न पर्ने बताए। कतिपयले सिलगढ़ी अनि पहाड़को गाउँ-बस्तीबाट साग-सब्जी अधिक मूल्यमा आफ्नो दोकानमा आइरहेको, वर्षाकालमा प्रत्येक वर्ष यस्तै हुने गरेको बताए।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा