सिलगढी नगरनिगम वार्ड 46 अन्तर्गत मिलन मोडको बाबुबासामा सञ्चालित सामाजिक संस्था वास्ता कमिटिले पहिलो स्थापना दिवस पालन गरेको छ। विगत 15 अगस्त 2024 को दिन स्थापना गरिएको संस्थाका अध्यक्ष रमेश सुनार, सचिव प्रबीन विश्वकर्मा, कोषाध्यक्ष योगेन बर्देवालगायत कार्यकारी सदस्यहरूको प्रयासमा यो कार्यक्रमको आयोजना गरिएको थियो।
बाबुबासा, दिलु मोड अवस्थित केआरसी भवनमा आयोजित पहिलो वर्षीय स्थापना दिवसमा 79औं स्वाधीनता दिवसको झन्डा विशिष्ट समाजसेवी सूरज विश्वकर्माको बाहुलीबाट गरिएको थियो। कार्यक्रममा दिव्याङ्ग रोमिका उराउँलाई चाहिने सामग्री प्रदान गरिएको थियो। यसरी नै नानीहरूबीच विभिन्न प्रतियोगिताहरू पनि आयोजन गरिएको थियो।