पंखाबारी, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रोहिणी खण्ड समितिको एक सभा आइतवार सूर्य बहादुर तामाङ्को सभापतित्वमा सम्पन्न भयो। लोवर चिसोपानी सार्वजनिक भवनमा सम्पन्न सभामा पार्टीको सुदृढीकरण र रोहिणीको विकासमूलक कार्यबारे चर्चा गरियो। सभामा वक्ताहरूले हामी एकजुट भएर आगमी कार्यक्रम एवं चुनाउको निम्ति तयार हुनुपर्नेछ भनी बताए। तिनीहरूले रोहिणीको एकता देखाउने समय आएको छ औ रोहिणी बनाउने समय आएको छ भनी जनाए। हामी पार्टीका खाँबा हौ भन्दै वक्ताहरूले हामी सक्रिय भए आवश्य हाम्रो मूल्यांकन हुनेछ र पार्टीलाई कसरी सक्रिय रूपमा अघि बढाएर लाने रणनीति बनाउनु पर्ने भन्ने विषयमा विशेष जोड दिए।सभालाई अर्जुन थापा, उदीप राई, सभापति दिपक तामाङ, केशव ब्राह्मण, बिजय प्रधान, महकुमा सांगठनिक सचिव गजेन प्रधान, घैयाबारी तीन पञ्चायत प्रधान सुष्मा वाइबा राई, घैयाबारी एक पञ्चायत सदस्य सपन थापा आदिले सम्बोधन गरेका थिए भने सभाको सञ्चालन सचिव उत्तम मुखियाले गरेका थिए भनी दिपेन तामाङले जानकारी दिएका छन्।
