Appeal for votes and support to ensure the victory of Wangey Gurung, a son of the hills, who has successfully reached the Grand Finale

ग्राण्ड फिनालेमा पुग्न सफल पहाडका छोरा वाङ्गे गुरुङलाई जिताउन भोट साथै सहयोगको अपिल

Share this news

खरसाङ , (निसं): नेपालमा चलिरहेको भोइस अफ्‌‍ युनिभर्समा दार्जीलिङ पहाड़का छोरा वाङ्गे गुरुङ ग्राण्ड फिनालेमा पुग्न सफल बनेका छन्‌‍। हाल उनी केही दिनको लागि घर आएका छन्‌‍। तकदाह ग्लेनवर्ण समष्टिको तकदाह निवासी वाङ्गे गुरुङ फाइनलमा पुग्ने दार्जिलिङ पहाड़का एक मात्र प्रतियोगी हुन्‌‍। त्यसैले उनलाई मेरो भोइस युनिभर्समा जिताउन वाङ्गे गुरुङ फ्यान क्लब लागि परेका छन्‌‍। यसै क्रममा आज वाङ्गे गुरुङ फ्यान क्लबका पदाधिकारीहरु खरसाङ आएका थिए। यसावधि वाङ्गे गुरुङ र फ्यान क्लबका पदाधिकारीहरुले खरसाङ्मा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई भेटघाट गरेका थिए। त्यसरी बाङ्गे गुरुङ साथै टोलीले जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापालाई भेट गरेका थिए भने खरसाङ्मा कलाकार संगठनसित पनि भेटघाट गरेर सहयोगको लागि अपिल गरेका छन्‌‍। यसै क्रममा वाङ्गे गुरुङ फ्यान क्लबका पदाधिकारीहरुले खरसाङ्मा पत्रकार सम्मेलन बोलाएर मेरो भोइस युनिभर्सको ग्राण्ड फिनालेमा पुग्न सफल बनेका पहाडका छोरा वाङ्गे गुरुङलाई जिताउन भोटको अपिल साथै सहयोगको लागि अपिल गरेका छन्‌‍। यसावधि वाङ्गे गुरुङ फ्यान क्लबका अध्यक्ष सुशोभित गुरुङले पत्रकारहरुलाई सम्बोधन गर्दै वाङ्गे गुरुङलाई जिताउन भोटको अपिल साथै सहयोगको लागि पनि अनुरोध गरेका छन्‌‍। उनले वाङ्गे गुरुङ्को लागि सोमबार दार्जिलिङ्को चौरास्तामा कार्यक्रम आयोजना गरिने भएको पनि जानकारी गराएका छन्‌‍। यसको साथै मेरो भोइस युनिभर्सको ग्राण्ड फिनालेमा पुग्न सफल वाङ्गे गुरुङले पनि भोटको अपिल साथै सहयोगको लागि सबैलाई निवेदन गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान