ब्याटमिन्टन ट्यालेन्ट हन्टको सफल आयोजना

Share this news

ब्याटमिन्टन खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ दार्जीलिङ गोर्खा हिल्स ब्याटमिन्टन एसोसिएसनको बृहत् आयोजना र मिरिक ब्याटमिन्टन क्लबको सहभागितामा ब्याटमिन्टन ट्यालेन्ट हन्टको सफल आयोजना भएको छ।
क्षेत्रभरिका करिब ४० जना युवा खेलाडीहरूले यस प्रतियोगितामा सहभागिता जनाएका थिए, जसमा मिरिकका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक उपस्थिति थियो। खेलको सभापतित्व मिरिक ब्याडमिन्टन क्लबका अध्यक्ष मणि राईले गरेका थिए। कार्यक्रममा डीजीएचबीएका अध्यक्ष यवन थापा, महासचिव शिशिर मोक्तान लगायत अन्य कार्यकारी सदस्यहरूको उपस्थिति थियो।
खेलको निरीक्षण मिरिक ब्याट मिन्टन क्लबका वरिष्ठ सदस्यहरू दीप तामाङ, अविनाश ठकुरी, सरु विशाल गुरुङ, महेश राई, बिरेन तामाङ र ज्ञानेश गुरुङले गरेका थिए। यसरी नै निर्णायक मण्डलमा अस्मित राई, अनिकेत राई र प्रतीक तामाङ थिए।
खेलमा छानिएका खेलाडीहरूको नाम दार्जीलिङ गोर्खा हिल्स ब्याडमिन्टन एसोसिएसनको पदाधिकारीहरूले सुरक्षित राखेका छन्। जो आगामी एक-दुई दिनभित्र सार्वजनिक गरिने जानकारी दिइएको छ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग