Successful organization of the Badminton Talent Hunt

ब्याटमिन्टन ट्यालेन्ट हन्टको सफल आयोजना

Share this news

ब्याटमिन्टन खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ दार्जीलिङ गोर्खा हिल्स ब्याटमिन्टन एसोसिएसनको बृहत् आयोजना र मिरिक ब्याटमिन्टन क्लबको सहभागितामा ब्याटमिन्टन ट्यालेन्ट हन्टको सफल आयोजना भएको छ।
क्षेत्रभरिका करिब ४० जना युवा खेलाडीहरूले यस प्रतियोगितामा सहभागिता जनाएका थिए, जसमा मिरिकका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक उपस्थिति थियो। खेलको सभापतित्व मिरिक ब्याडमिन्टन क्लबका अध्यक्ष मणि राईले गरेका थिए। कार्यक्रममा डीजीएचबीएका अध्यक्ष यवन थापा, महासचिव शिशिर मोक्तान लगायत अन्य कार्यकारी सदस्यहरूको उपस्थिति थियो।
खेलको निरीक्षण मिरिक ब्याट मिन्टन क्लबका वरिष्ठ सदस्यहरू दीप तामाङ, अविनाश ठकुरी, सरु विशाल गुरुङ, महेश राई, बिरेन तामाङ र ज्ञानेश गुरुङले गरेका थिए। यसरी नै निर्णायक मण्डलमा अस्मित राई, अनिकेत राई र प्रतीक तामाङ थिए।
खेलमा छानिएका खेलाडीहरूको नाम दार्जीलिङ गोर्खा हिल्स ब्याडमिन्टन एसोसिएसनको पदाधिकारीहरूले सुरक्षित राखेका छन्। जो आगामी एक-दुई दिनभित्र सार्वजनिक गरिने जानकारी दिइएको छ।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा