खरसाङ महाविद्यालयको 59 औं स्थापना दिवस सम्पन्न

Share this news

खरसाङ महाविद्यालयको 59 औं स्थापना दिवस समारोह साथै स्वर्ण जयन्ती समारोह शैक्षिक भवनको उद्घाटन समारोह आइतबार गरिएको थियो। महाविद्यालय सञ्चालन समितिका सभापति एवं वरिष्ठ साहित्यकार डा. जस योञ्जन प्यासीको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको शुरुमा डा. प्यासी र जीटीएको प्रमुखको बाहुलीबाट रिबन काटेर खरसाङ महाविद्यालयको नयाँ भवनको उदघाटन गरिएको थियो।‌ त्यसपछि कार्यक्रममा खरसाङ महाविद्यालयको संस्थापकहरु क्रमैले पीटी लामा, डीबी छेत्री र डीएन प्रधानको तस्वीरमा पुष्पार्पण साथै धुप दीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। प्राध्यापक डा सपन प्रधानले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण प्राध्यापक गंगाप्रसाद शर्माले राखेका थिए। कार्यक्रममा स्वागत नृत्यको रुपमा मारुनी नृत्य प्रस्तुत गरिएको थियो‌। कार्यक्रममा खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बलले महाविद्यालयको वार्षिक रिपोर्ट प्रस्तुत गरेका थिए‌। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीएको मुख्य सल्लाहकार अमर लामा, सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा, क्षेत्रीय सभासद श्याम शेर्पा, डा. अनुराधा राई, वरिष्ठ पत्रकार केशव प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ