नेपाली भाषामा बोर्ड लगाउने बारेमा युवा शक्तिको ज्ञापन

Share this news

खरसाङ,  (मोहन प्रसाद): भागोप्रमो युवा शक्तिले खरसाङ नगरपालिकालाई एउटा ज्ञापन बुझाएको छ। उक्त ज्ञापन पत्रमा खरसाङ नगरपालिका क्षेत्रमा रहेका सरकारी एवं गैरसरकारी संस्थान, दोकानपाटहरूमा नेपाली भाषामा साइन बोर्ड लगाउनु पर्छ भनी जोर दिइएको छ। पत्रकारहरूसित बोल्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरुङ साथै युवा शक्ति खरसाङ बजार कमिटीका अध्यक्ष बन्धन लामाले जनाए अनुसार भारत देशको संविधान अन्तर्गत 1992 सालमा नै नेपाली भाषाले मान्यता पाए पनि अझै पनि भाषालाई लिएर हामी गम्भीर हुनु बाँकी नै रहेको छ। अहिले पनि विभिन्न सरकारी कार्यालय, संस्थान साथै दोकान पाटमा नेपाली भाषाको प्रयोग पूर्णरूपमा भएको छैन। पार्टी प्रमुख अनि जीटीए प्रमुख अनित थापाको नेतृत्वमा नेपाली भाषा प्रोयगमाथि विभिन्न पक्षबाट धेरै अघिबाट जोर दिइने कार्य भइरहेको छ भने सोही क्रमलाई अघि बढाउँदै युवा शक्तिले नगरपालिका क्षेत्र संगै पञ्चायत क्षेत्रमा पनि सम्बन्धित पञ्चायत अनि नगरपालिकाको सहयोगमा नेपाली भाषामा साइन बोर्ड लगाउनको निम्ति अपिल गर्ने कार्य भइरहेको छ। गुरुङ अनि लामाले जनाए अनुसार, खरसाङ नगरपालिकालाई नेपाली भाषामा साइन बोर्ड नलगाउने संस्थान अनि दोकान पाटलाई ट्रेड लाइसेन्स संगै अन्य सम्बन्धित सुविधाहरू प्रदान नगरिदिने अपिल गरियो। अर्कोतर्फ नगरपालिकामा पनि नेपाली भाषा प्रयोग विषयमा गम्भीर रहेको बताइयो अनि आउँदो दिनमा यस विषयमा सबैको सहयोगमा कार्य गरिनेछ भनी बताइयो। यसर्थ, मीडिया मार्फत सबैलाई नै नेपाली भाषा प्रयोग गरिदिन युवा शक्तिका नेतृत्वहरूद्वारा पुन: अपिल गरियो।


Share this news
आजको रोजाइ
एसआरसी 2 विधेयक पुनः प्रस्तुत गर्ने डा. थरूरप्रति सराहना

एसआरसी 2 विधेयक पुनः प्रस्तुत गर्ने डा. थरूरप्रति सराहना

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

आजको रोजाइ