ClusterBlock Level 79th Independence Day Organized

समष्टि स्तरीय 79 औं स्वतन्त्रता दिवस आयोजित

Share this news

तीनधारेको मिठाई डाँडास्थित खेल मैदानमा तीनधारे महानदी समष्टि स्तरीय 79 औं स्वतन्त्रता दिवस समारोह सम्पन्न भएको थियो।‌ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन शिक्षक समिति तीनधारे महानदी समष्टि कमिटीको‌ आयोजनामा सम्पन्न स्वतन्त्रता दिवस समारोहको अध्यक्षता आयोजक समितिको सभापति विकास प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए। जसले राष्ट्रिय झण्डा उत्तोलन गरेका थिए। शिक्षक समिति तीनधारे महानदी समष्टिको सचिव उत्तम छेत्रीले स्वागत सम्भाषण राखेको कार्यक्रमलाई शिक्षक सन्तोष लामाले सञ्चालन गरेका थिए। कार्यक्रममा तीनधारे महानदी समष्टिको 23 वटा प्राथमिक पाठशालाहरु र पाँचवटा विद्यालयहरु तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय, रेणुका कन्या उच्च माध्यमिक विद्यालय, सुकना उच्चतर माध्यमिक विद्यालय र ब्लु डाईमण्ड अंग्रेजी स्कूल घैयाबारीले सहभागिता जनाएका थिए। कार्यक्रममा यस वर्षको माध्यमिक र उच्च माध्यमिक परीक्षामा समष्टि टप्पर बनेका विद्यार्थीहरुलाई सम्मान जनाइएको थियो। त्यसरी नै तीनधारे महानदी समष्टिको नरबुङ‌ निवासी पिता शिक्षक डीपी प्रधानकी सुपुत्री डा. प्रगति प्रधानलाई सम्बर्द्धना जनाइएको थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान