खण्ड विकास अधिकारीसँग भेटवार्ता

Share this news

खरसाङ, (निसं): बुधबार दार्जीलिङ पुल बिजनबारी खण्ड अन्तर्गत रहेका विभिन्न चर्चका पास्टर, एल्डरहरूद्वारा दार्जीलिङ पुल बिजनबारीका खण्ड विकास अधिकारीसँग भेटवार्ता गरेको जानकारी प्राप्त भएको छ भेटवार्तामा विशेषगरी अल्पसंख्यक समूदायले भोग्न परिरहेको असुविधा अनि धेरै सरकारी सहुलियतहरूबाट वञ्चित रहेको अवगत गराउँदै ङ्गअबउसो अल्पसंख्यक समूदायका परिवारहरू अब हेलित नहोस भन्न हेतु जोइण्ट फोरम पहाड़ तराइ ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनलेङ्गप्रत्येक खण्डहरूमा आफ्नो प्रतिनिधि तयार गर्ने बताइएको छ ब्लक अन्तर्गत रहेका प्रत्येक समष्टिमा फोरमद्वारा अवश्यकता अनुरुप एक वा दुइजना गरेर प्रतिनिधि दिइनेछ भने बुधवार सोही अनुरुप दार्जीलिङ पुल बिजनबारीका समष्टि संयोजक पनि चयन गरियो। यस भेटवार्तामा खण्ड विकास अधिकारीले प्रतिनिधिहरूलाई स्वागत गर्दै आगमी दिनहरुमा आफूबाट हुने सबै प्रकारको सहयोग गर्ने वचन दिए। तिनले उन्नति र विकासको निम्ति मिलेर काम गर्न सके धेरै राम्रो हुने धारणा स्पष्ट पारे। यस भेटवार्तामा जोइण्ट फोरमको पक्षबाट खण्ड विकास अधिकारीलाई धन्यवाद दिइयो। यता जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको पक्षबाट केन्द्रिय उपाध्यक्ष पास्टर रोशन गुरुङ,मूल सचिव पास्टर अशिम राई अनि प्रवक्ता पास्टर लोक विजय राईले अगुवाई गरेका थिए भने क्षेत्रिय पास्टर अमित सुब्बाले यस कार्यक्रममा सहयोग पुर्य़ाएका थिए। अब दार्जीलिङ पुल बिजनबारी खण्ड कार्यलय अन्तर्गत हुने अल्पसंख्यक समूदायहरूमा हुने सबै विकास कार्यको सूचना यस टिमलाई पनि हुनेछ भनी जनाइयो भने जोइण्ट फोरमले जीटीएका सबै ब्लकहरूमा अब आफ्नो प्रतिनिधि दिनेछ भन्ने कुराको पनि पास्टर लोक विजय राईले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ