Opposition to Bengali film
Opposition to Bengali film

गोरायुमोद्वारा बंगाली फिल्म प्रदर्शन आदेशको विरोध

Share this news

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा जारी आदेश अनुसार राज्यका सबै सिनेमा हलमा दैनिक प्राइम टाइममा कम्तीमा एउटा बंगाली भाषाको फिल्म प्रदर्शन गर्नुपर्ने निर्णयप्रति गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो) ले कडा आपत्ति जनाएको छ। गोरायुमोका केन्द्रीय सदस्य अनमोल निरौलाले जारी विज्ञप्तिमा यस आदेशलाई ‘भाषामाथिको अतिक्रमण’ भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। उनले गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (GTA) क्षेत्रमा यो कानुन लागू नगर्न पश्चिम बंगाल सरकारलाई जोडदार अपील गर्दै जीटीएका प्रमुख कार्यकारीलाई पनि यस विषयमा पहल गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “भाषा हाम्रो पहिचान र प्राण हो। यदि पश्चिम बंगाल सरकारले जबरजस्ती हाम्रो गोर्खा क्षेत्रमा बंगाली भाषाको यो नियम लागू गर्न खोज्यो भने यसको परिणाम राम्रो हुनेछैन। हाम्रो प्राणको बलिदान दिन तयार छौं, तर हाम्रो भाषा र अस्तित्वलाई बचाएरै छाड्नेछौँ।” निरौलाले जनता भाषाको सुरक्षाका लागि सचेत र एकतावद्ध बन्नुपर्ने आवश्यकता औंल्याउँदै ‘जय गोर्खा भाषा’को नारा दिएका छन्।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ