युवा साहित्य सर्जक सञ्जीव छेत्रीलाई पहिलो असीत राई स्मृति साहित्यिक सम्मान प्रदान गरिने

Share this news

रसाङ , (निसं)ः खरसाङ क्षेत्रका युवा साहित्य सर्जक सञ्जीव छेत्रीलाई पहिलो असीत राई स्मृति साहित्यिक सम्मान प्रदान गरिने भएको छ। खरसाङ पञ्चायत समितिको तर्फबाट यसपालीदेखि खरसाङ खण्ड क्षेत्रका विभिन्न विधामा योगदान दिने विशिष्ट व्यक्तिहरुको नाममा विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरिने घोषणा गरिएको छ। यसपालीदेखि खरसाङ पञ्चायत समितिको तर्फबाट शुरु गरिएको विभिन्न सम्मानहरुमा खरसाङ खण्ड अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँ निवासी युवा स्रष्टा एवं कथाकार सञ्जीव छेत्रीलाई असीत राई स्मृति साहित्यिक सम्मान प्रदान गरिने भएको छ। उनीसितै चमनसिंह गुरुङ स्मृति खेलकूद सम्मान खरसाङ्को सन्त मेरिज निवासी एंव भारतीय महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक क्रिस्पिन छेत्रीलाई प्रदान गरिने भएको छ। त्यसरी नै प्रतापसिंह लोहार स्मृति संगीत सम्मान तीनधारे निवासी बरुण रसाइलीलाई प्रदान गरिने भएको छ भने फादर आब्राहाम शैक्षिक सम्मान गाड़ीधुरा निवासी जुनियर स्यान्टिस किरण बराइकलाई प्रदान गरिने भएको छ। उक्त सम्मानहरु आगामी 15 अगस्तको दिन लाटपञ्चार खेल मैदानमा आयोजना गरिने 79 औँ स्वतन्त्रता दिवस समारोहमा प्रदान गरिने भएको छ। उक्त विभिन्न सम्मानहरु खरसाङ पञ्चायत समितिको तर्फबाट प्रत्येक वर्ष प्रदान गरिने भएको छ। युवा सर्जक सञ्जीव छेत्रीले लामो समयदेखि भारतीय नेपाली साहित्यको सेवामा विशिष्ठ योगदान दिन्दै आईरहेका छन्‌‍ भने उनी हाल खरसाङ्मा ज्ञानकुञ्ज बुक्स नामक प्रकाशन हाउसमार्फत्‌‍ पनि साहित्य सेवामा निरन्तर लागि परेका छन्‌‍। सञ्जीव छेत्रीको पहिलेबाट नै धेरै कृतिहरु प्रकाशित छन्‌‍। उनको संयुक्त गजल संग्रह तरल मुटुहरु प्रकाशित छन्‌‍? जुन भारतीय नेपाली साहित्यमा पहिलो गजल संग्रह मानिन्छ। उनको साँचो जस्तै कथाहरू नामक कथा संग्रह प्रकाशित छन्‌‍, जसले 2016 को युवा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए। उनले थुप्रै पत्र-पत्रिकाहरु सम्पादन पनि गरिसकेका छन्‌‍ भने उनको कथा, कविता, गजल र गीत संग्रहहरु प्रकाशोन्मुख छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ