सोनादामा स्वास्थ्य जाँच र रक्तदान शिविरको साथमा ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रम सम्पन्न

Share this news

सोनादा , अगस्त(निसं)ः सोनादा पुलिस आउट पोस्ट अनि सोनादा ट्राफिक पुलिसको संयुक्त आयोजनामा सिलगढी लायन्स क्लब, काम्ती हेल्थ केयर अनि सिलगढी लायन्स नेत्रालयको सहकार्यमा सोनादामा स्वास्थ्य जाँच शिविर, रक्तदान शिविर साथै ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा दार्जिलिङ पुलिसका टाउन डीएसपी उज्वल सरकार, सीआई सदर पार्थ सारथी चन्द्रा, आईसी सदर मिग्मा भोटिया साथै जोरबङ्लो थाना प्रभारी निरज राई लगायत अन्यहरु उपस्थित रहेका थिए। सोनादा पुलिस आउट पोस्ट प्रभारी योगेश ठकुरीले स्वागत सम्बोधन राखेका थिए।बड्रग्स विरुद्धको अभियानमा सक्रिय भूमिका निभाउँदै कार्य गरेवापत नव युवा संगठन/वरिष्ठ नागरिक मञ्च, फूलबारी होपटाउन ग्राम सुधार समिति अनि मुन्सी गाँउ समाज मुण्डाकोठीलाई अतिथिहरुका बाहुलीबाट सम्मान जनाईएको थियो। ड्रग्स जस्तो घातक नशाको प्रभावबाट मुक्त बनेर समाजलाई बचाउन अघि आउने व्यक्तिहरु क्रमैले कल्पना तामाङ, संजोक तामाङ, टाँसी भोटिया, लाक्पा शेर्पा अनि नुपु भोटियालाई पनि सम्मान जनाइएको थियो। कार्यक्रममा उनीहरुले आफ्नो अनुभव सबैसित बाढ्दै सबैलाई नशामुक्त रहन अनुरोध गरेका थिए। गम्भीर बिरामीको चपेटमा परी असक्त बनेका दुई बिरामी अप्पर सिडर्स निवासी कुमार छेत्री अनि ओक्स नवधुरा निवासी रामसिंह थापालाई ह्वील चेयर प्रदान गरिएको थियो। उक्त शिविरमा सोनादा क्षेत्रका विभिन्न संघ संस्थाहरु, विभिन्न ट्याक्सी सेण्डीकेटका प्रतिनिधिहरु, ट्रक एसोसिएसन प्रतिनिधिहरु सहभागी बनेका थिए। आयोजक कमिटी सोनादा पुलिस आउट पोस्ट प्रभारी योगेश ठकुरी, सोनादा ट्राफिक प्रभारी सबिन दर्नालले शिविर सफतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान