Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको सभा सम्पन्न

Share this news

खरसाङ, (निसं)ः प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ पार्टी कार्यालयमा एल्जिन ब्राह्मणको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा विभिन्न वार्डका सदस्यहरु, दिलाराम शाखा सदस्यहरुको उपस्थिति थियो। सभालाई सह सचिव रञ्जन तामाङले सञ्चालन गरेका थिए भने आगामी दिनहरूमा संगठनले गरिनु पर्ने महत्त्वपूर्ण कार्यहरुबारे चर्चा परिचर्चा गरियो भने आगामी महिना हुन गईरहेको वार्षिक सभाबारे पनि छलफल गरियो। यसपालीको वार्षिक सभा भव्य रुपमा आयोजना गरिने साथै उक्त दिन सम्पूर्ण दैनिक काम काजहरु ठप्प राखिने छ र हरेक सदस्यको उपस्थिति अनिवार्य रहने भनी सचिव शरण विश्वकर्मले जनाएका छन्‌‍। दैनिक खटिखाने श्रमिकहरुको धेरै समस्या साथै मागहरु रहेको छ पनि उनले बताए। उक्त कुराको समाधान केवल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष साथै गोर्खाल्याण्ड क्षेत्रीय प्रसाशनको प्रमुख कार्यपाल अनित थापाले मात्र गर्न सक्छन्‌‍ भनी बताउँदै यस विषयमा श्रमिक संगठनका प्रतिनिधि टोली जीटीए प्रमुखलाई भेटेर ज्ञापन पत्र चढाउने भएको छ। यसको साथै संगठनले गत वर्ष झैं यसपाली पनि विश्वकर्म पूजा भव्य रुपमा मनाउने भएको साथै कमिटी पनि गठन गरेको छ। जसमा शरण विश्वकर्म, एल्जिन ब्राह्मण, प्रभाकर सार्की, विकाश सार्की, रञ्जन तामाङ, जीवन मोहोरा आदि रहेका छन्‌‍ भने अन्य छजना साधारण सदस्यहरु पनि चयन भएका छन्‌‍। सभामा सम्पूर्ण सदस्यहरुको सहमति अनुसार अब उसो हरेक महिना संगठनको सभा हुनेछ सभालाई सफल बनाउन साथै सदस्यहरुलाई अवगत गराउन भनी प्रभाकर सार्की अनि रञ्जन तामाङलाई विशेष जिम्मेवारी अध्यक्ष एल्जिन ब्राह्मणले दिएका छन्‌‍। सभामा उपाध्यक्ष हर्कबहादुर विश्वकर्म, सहवाज खान, दावा शेर्पा, शयाम सोनमले पनि आफ्नो वक्तव्य राखेका थिए।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या